-सोनी शर्मा

वाह रे दुश्मन प्यारे दुश्मन 

Hollywood Khabar July 06,2018 Comments

मलाई कुनै कुरा ले छुदैन 
म मस्त ले हास्छु संसार भुलेर 
मेरो हासोले तिमि जल्छौ भित्र भित्रै  
हज्जारौ अनुत्तरित प्रश्न गर्छौ आफैलाई 
म हाँस्नुको राज खोज्दै भौतारिन्छौ  
वाह रे दुश्मन प्यारे दुश्मन। 

मेरा हरेक पाइलाको 
वेतलवि ड्युटी गर्दैछौ तिमि 
काहाँ गई,को संग गइ
के खाइ पत्ता लगाउछु भन्दै 
आफ्नो ख्याल कत्ति नराखी 
कडा ड्युटी गर्छौ यार 
वाह रे दुश्मन प्यारे दुश्मन। 

रातमा चौकीदार नचाहिने भयो अव 
म  मस्त निन्द्रामा सपना सजाउँदा 
आफ्नो निद माया मारेर 
मेरो घरको बाहिर पहरेदार बन्दै 
सेकेन्ड सेकेन्डको निगरानी तिम्रो 
वाह रे दुश्मन प्यारे दुश्मन। 

अनुहार मलिन देख्नै हुन्न 
कस्ले के गरेछ भन्दै 
अनुसन्धानमा ब्यस्त हुन्छौ 
येति धेरै केयर गर्छौ मेरो 
मित्रु भन्दा शत्रु नै ठिक छौ तिमि 
वाह रे दुश्मन प्यारे दुश्मन।