-सोनी शर्मा 

म त कलमको स्वतन्त्र शिपाही। 

Hollywood Khabar May 01,2018 Comments

मलाई सुनसंग कसी लाउनु पर्दैन 
म कलमको शिपाही,कलममा मशि भए पुग्छ
मलाइ स्वतन्त्र भएर लेख्न वातावरण देउ 
जे देख्छु त्यो लेख्ने मेरो धर्म हो
मेरो स्वतन्त्र धर्मंमा धावा बोल्दै 
तिम्रो सेन्सरशिप मलाइ लाद्न नखोज 
तिम्रा राम्रा कामको समाचारमा फुर्कने तिमि  
तिम्रा कर्तुतको भण्डाफोर गर्दा धम्क्याउने शैलीले  
मेरो आत्मविश्वास झन् बढ्छ, म झन् खारिन्छु  
तिमीले राम्रो काम गर्दा राम्रै लेखे
तिमि भ्रस्ट भयौ भ्रस्टाचारी लेखें  
बलात्कारीलाई सजायँ खोजे 
अपराधीलाई उन्मुक्ति दिंदै 
नोट संग कानून साट्दै 
कानूनको धज्जी उडाउने तिमि 
तिम्रा बिरुद्द लेखे र लेखिरहन्छु 
यो नयनले तिमीलाई जे देख्छ 
यी औलाहरुले त्यहि लेख्छ 
नदीनाला,नेपाली भुमि विदेशीलाई सुम्पने तिमि 
उल्टै तिम्रो जयजयकार गर्नुपर्ने मैले 
तिमि जे गर्छौ त्यहि लेख्छु म 
तिमि जस्तो छौ त्यस्तै देख्छु म
मेरो कलममा भएको शक्तिले तिम्रो शक्ति भाच्न सक्छ 
खबरदार तिम्रो प्रलोभनले मेरो कलमको निव भाच्न नखोज 
मेरो कलम तिम्रो शक्ति भन्दा कयौं गुणा बलवान छ  
त्यसैले प्राण हत्केलामा राखेरै भएपनि 
खुकुरिकै धारमा टेक्छु,जे देख्छु त्यहि लेख्छु    
म त कलमको स्वतन्त्र शिपाही। 
विश्व प्रेस स्वतन्त्रता दिवसको सम्पूर्णमा शुभकामना।