भालेको डाँको संगै तिमि चिसो गुन्द्रिबाट ब्युझंदा
म न्यानो ओच्छ्यानमा मस्त निन्द्रामा
तिमिले खालीखुट्टा डोको नाम्लो च्याप्दा।
आमाले मेरो टाउको सुम्सुम्याउँदै म्वाई खाँदा
तिम्रो कलिलो टाउकोमा नाम्लाको डामले
कति भत्भति पोल्दोहो तिम्रो त्यो कलिलो तालु।
म टाई बुटमा सजिएर स्कुल जाँदा
भाँडा मस्काउँदै गरेका हातले कपाल पन्छाउँदै
हेरिरहेका ति आँखाका भाव खै कस्ले बुझ्यो।
दाइजोसंग तिमीलाई दाँज्दा झरेका तिम्रा आँसु
मेरो घरको कौशीबाट तिम्रो आँगनमा
यी आँखाले कत्ति नियाले कत्ति।
कानूनको नजरमा नावालिका तिमि
सिन्दुर पोते चुराको बन्धनमा बेरिंदा
तिम्रो बलिन्द्रधारा आँशुले के भन्यो होला खै।
म मस्त थिए तिमि ब्यस्त आफ्नै संसारमा
तिम्रा फुटेको पैतला अनि चर्केको मनको
न मैले भाषा बुझे न तिम्ले भन्यौ।
समाचारमा तिम्रो नाम,चर्चा तिम्रै मात्रै
दाइजोको लागि कुटपिट,एसिड मट्टीतेल तिम्रै शरीरमा …
फेरी सुने सामुहिक बलात्कारको शिकार पनि।
तिमि माथिको जघन्य अपराध
सहने,लुकाउने बाटो रोज भन्दै छन् रे
कानून तिम्रै लागि हो …चेतनशील मानव!
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...