धेरै याद आउन थाल्यो आउ न प्रिय.............. 

Hollywood Khabar January 12,2018 Comments

धेरै याद आउन थाल्यो आउ न प्रिय 
मिठो पिठो जेछ बाँडीचुँडि खाउँ न प्रिय। 

चीसो मौसम एक्लो पनले सताउँछ कत्ति धेरै 
गुटुमुटु सिरक भित्रै मायाँ प्रीति लाउँ न प्रिय।।

हल्ला कत्ति नगरुँला जे भनेनी मान्छु बरु 
पिरतीको खेत बारी मिलिजुली साउँ न प्रिय।।। 

भान्साको त्यो खिचडी,तरुलअनि तिलको लड्डु 
फुरौला र सखरखण्ड मिलिजुली खाउँ न प्रिय।।।। 

लिनु दिनु बराबरी गरौँलानी रातैभरि 
मिर्मिरेमा बिदा दिन्छु मायाँ गरि जाउ न प्रिय ।।।।।