https://www.youtube.com/embed/geKpbynEDNw

Nepali Singer, Sirjana Karki

गायिका सिर्जना कार्कीले पनि मारुनी गाउँदै कान्छा भित्र्याइन

Hollywood Khabar January 21,2019 Comments

कृष्ण के सी/अमेरिका

आफ्नै स्वर र सङ्गीतमा गायिका सिर्जना कार्कीको कान्छा बोलको मारुनी गीतको सार्वजनिक गरिएको छ।

हलिउडखबरसंग छोटो कुरा गर्दै गायिका कार्कीले भनिन-आफ्ना प्रत्येक गीतमा फरक स्वाद दिने गरेकी छु। आफूलाई अब्वल गायिका त भन्दिन त हरेक पटक यस्तै प्रस्तुत गरेकी भने छु। गायिका कार्कीले वैदेशिक रोजगारमा गएका मायालुको दिलभारी सम्झना गरेकी छन।

गायिका कार्कीले धेरै धेरै, मनको राजा, माया, तथा रोजेको मैले लगायत थुप्रै गीतहरु गाएको कुरा समेत बताइन। आफ्नै यूट्यूब च्यानल सिर्जना कार्की मार्फत यो गीत सार्वजनिक गरिएको कान्छ भने नेपालको आफ्नै चर्चित मारुनी प्याट्रनमा छ।

अर्पण कार्की तथा गायिका स्वंमको शब्द रहेको गीतको म्युजिक भिडियोमा अजिता खड्काको साथमा साधना कला केन्द्र समूहको नृत्य तथा सिर्जना कार्की, बिप्लभ खड्का, कुमारी दाहाल र बालकलाकार सौर्य बिक्रम थापाको अभिनय रहेको बताइएको छ।

गायिका कार्कीका अनुसार- कान्छाको भिडियोलाइ राम कुमार के सीको छायांकन, सुशील न्यौपानेको सम्पादन, अजिता खड्काको कोरियोग्राफी र अर्पण कार्कीको निर्देशन रहेको छ।