-कोरोना भाइरस:स्ट्याण्डफोर्डको Virology Laboratory टेष्ट प्रबिधिबाट १२-२४ घण्टामा रिपोर्ट मिल्छ

कोरोना भाइरस:स्ट्याण्डफोर्डको Virology Laboratory टेष्ट प्रबिधिबाट १२-२४ घण्टामा रिपोर्ट मिल्छ

Hollywood Khabar March 10,2020 Comments

कृष्ण के सी/अमेरिका/३/११/२०

स्ट्याण्डफोर्ड युनिभर्सिटीको अस्पतालले परिक्षण प्रयोग गरेको कोरोना भाइरस अर्थात COVID-19 परिक्षण छरितो छ। यो प्रबिधिबाट १२ देखि २४ घण्टामा ल्याब रिपोर्ट रिपोर्ट प्राप्त हुन सक्छ।

सान फ्रान्सिस्कोको दक्षिण तर्फ पालो अल्टोमा रहेको स्ट्याण्डफोर्ड युनिह्हर्सिटीको अस्पतालको प्रबिधिबारे Sue Dremann ले Palo Alto Weekly लेखेको रिपोर्ट अनुसार Stanford University मा मार्च ५, २०२० देखि पोजेटिभ भएका बिरामीलाइ परिक्षणको रुपमा टेष्ट प्रयोगमा ल्याइएको बताइएको छ। SARS-CoV-2 कै कारण जस्तै COVID-19 भएकोले सोहि प्रबिधि अनुसार नै कोरोना भाइरसको परिक्षण प्रयोग हुने कुरा समेत बताइएको छ।

स्ट्याण्डफोर्ड अस्पतालको हेल्थ केयर क्लिनिकले बिकास गरको प्रबिधि नै स्ट्याण्डफोर्डको कोरोना भाइरस टेष्ट गर्ने प्रबिधि हो। यो प्रोजेक्टलाई Stanford Health Care Clinical Virology Laboratory भनिएको छ। यो प्रबिधिमा व्यक्तिको परिक्षणबाट १२ देखि २४ घण्टामा रिपोर्ट दिन सकिन्छ। स्ट्याण्डफोर्डका Clinical virologist Dr Benjamin Pinsky को टिमले जनवरीको अन्तिम साता देखि सो प्रविधिको बिकास गर्दै आएको छ। टिमको पछिल्लो भ्यालिडिटी अनुसार SARS-CoV-2 र अन्य स्वास-प्रस्वास र इन्फ्लुयन्जा भाइरस जस्तै यसको परिक्षण प्रबिधि उपयुक्त हुने कुरा Pinsky ले बताएका छन्।