-तस्बिर साभार वेब

आज स्थानीय तह उपनिर्वाचनको मनोनयन दर्ता हुँदै

Hollywood Khabar November 11,2019 Comments

२७ कात्तिक, काठमाडौं ।मंसिरमा  १४ गते स्थानीय तहमा हुने उपनिर्वाचनका लागि बुधबार मनोनयन दर्ता हुँदैछ।निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म  निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्ने जनाएको छ ।स्थानीय तहअन्तर्गत एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाअध्यक्षका लागि उपनिर्वाचन हुने छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि कात्तिक २१ गते नै मनोनयन दर्ता गरिएको थियो ।रिक्त ५२ पदका लागि मंसिर १४ गते ३७ जिल्लामा हुने उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ पदमा जनप्रतिनिधि चुनिने छन् ।उपनिर्वाचनमा भाग लिने दलहरूको संख्या १०१ छ ।  निर्वाचन आयोगले उपनिर्वाचनका लागि २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकेको छ । यस्तै मुख्य निर्वाचन अधिकृत ३७ र निर्वाचन अधिकृत ११ जना नियुक्त गरिएको छ ।