चुनाबी तालमेल:महिला माथि जालझेल 

Hollywood Khabar May 07,2017 Comments

सोनी शर्मा -

देश अहिले पूर्णरुपमा चुनावमय भएको छ।शङ्कै शङ्का र हुन्छ कि हुन्न भन्ने अन्यौलाताका बिच देश चुनावमय भईरहदा आम नेपालीमा एक किसीमको छुट्टै रौनकता छाएको देखिन्छ।उमेदवारी दर्ता गर्ने दिन सम्म पनि मानिसहरुमा निर्बाचन हुने कुरामा एक किसीमको आशङ्का छाएको थियो।यध्यपी चुनाब हुने नै भयो।यसले आम राजनितीक क्षेत्रमा एक किसीमको रक्त संचार गर्यो।अहिले सबै राजनितीक दलहरु आफ्नो पार्टीलाई बिजय गराउन साम दाम दण्ड भेद सबै अस्त्र प्रयोग गरेर चुनाबी मैदानमा उत्रिएका देखिन्छ्न।अझ भनुँ आफ्नो पार्टी भन्दा पनि आफ्नो उमेद्वार जिताउने होडबाजी फेरि हेर्न लायक भएको छ।

यस पटकको चुनाव समग्रमा भन्ने हो भने अहिलेसम्मकै चुनावहरु मध्ये सबैभन्दा बढी महिलाको सहभागिता भएको निर्बाचन हो भन्दा फरक नपर्ला। चाहे त्यो जनजातीका नाममा होस चाहे दलितका नाममा होस या मेयर र उपमेयर मध्य एक जना महिला हुनै पर्ने कानुनी व्यवस्थाका कारण,आखिर कारण जे सुकै भए पनि यो स्थानिय चुनाब महिला मैत्री भएको छ त्यसमा पनि अझ यूवाहरुको ज्यादा सहभागिता हुनु आफैमा गौरबपूर्ण बिषय हो।

यस अघि महिलाले चुनाबमा भाग लिन्छु भन्दा पोथी बास्नु हुन्न आईमाईले राजनिती गरेर हुन्छ जस्ता कुरा गर्दै बास्दै हिड्ने भालेहरु नै यस पटक पोथी नबासी हुन्न महिलाले अब जुर्मुराउने दिन आयो चुप लागेर बस्नु हुन्न भनेर घरघर गएर राजनितीको र थाहा नहुने राजनितीमा आउनै नचाहाने साथै बास्नै नखोज्नेलाई पनि उत्प्रेरित गर्दै उत्प्रेरणा जगाउँदै हौसलापूर्ण तवरले चुनाबी मैदानमा उतारेका छन् यो सबैभन्दा खुशीको कुरा हो।

स्थानीय तहको पहिलो चरणको निर्वाचनको मैदानमा होमिएका कुल उम्मेदवार ४९ हजार ३३७ जना रहेकामा महिला उम्मेदवारको सङ्ख्या ३९ प्रतिशत रहेको तथ्यङ्कले देखाएको छ। निर्वाचन आयोगले दिएको जानकारी अनुसार अध्यक्ष, प्रमुख, उपाध्यक्ष, उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरी १९ हजार ३३२ महिला उम्मेदवार रहेका छन्। अध्यक्ष र प्रमुखमा एक हजार आठ सय ८० उम्मेदवार रहेकामा महिला उमेद्वारको सङ्ख्या १५७ रहेको छ अर्थात् ८।३५ प्रतिशत  महिला सहभागिता रहेको छ।

 उपाध्यक्ष, उपप्रमुख एक हजार तीन सय ८४ उम्मेदवार रहेकामा महिला उमेद्वारको सङ्ख्या एक हजार एक सय २७ आर्थात् ८१।४३ महिला उमेद्वार रहेका छन्। आयोगका अनुसार, वडाध्यक्षमा जम्मा १०७४४ उमेद्वारी परेकोमा १० हजार २९६ पुरुष उमेद्वार रहेका छन् अर्थात् ९५।८३ प्रतिशत उमेद्वारी पुरुषको छ भने महिला उमेद्वारी ४४८ को रहेको देखिन्छ अर्थात् वडाध्यक्षमा केवल ४।१७ प्रतिशत महिलाको मात्र उम्मेदवारी परेको छ ।

वडा सदस्य दुई पदमा १७ हजार ७२९ को उमेद्वारी परेकोमा १६७३८ जना पुरुष उमेद्वारी छ अर्थात् ९४।७१ प्रतिशत उमेद्वार पुरुष रहेका छन् भने ९९१ मात्र महिला उम्मेदवार छन् अर्थात् केवल ५।२९ प्रतिशत महिला मात्र दुई सदस्यमा उमेद्वारी परेको छ । महिला सदस्यमा नौ हजार ८३ जना र दलित महिला सदस्यमा सात हजार ५२६ जनाको उम्मेदवारी परेको निर्बाचन आयोगले जनाएको छ।

स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार राजनीतिक दलले उम्मेदवारी मनोनयन गराउँदा नगरप्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्षमा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था र वडा सदस्य पदका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने कानुनी व्यवस्था गरे पछि यस पटकको स्थानिय निर्बाचनमा महिलाको सहभागिता उलेख्य देखिएको हो।

यसरी महिला सहभागिता उल्लेख्य देखिईरहेका बखत राजनैतिक दलहरुले आफ्नो सिद्धान्त र बिचारलाई समेत थाती राखी जसरी नि कुर्सी हत्याउने एनी हाउ सिट बढाउको नितीले बिभिन्न गठबन्धन हुदा धेरै जसो महिला उमेद्वारहरुलाई असर पर्नेगरि गरिएको तालमेल महिलाका लागि जालझेलका रुपमा देखिएको छ।

जुनसुकै पार्टीहरुका बिचमा गठबन्धन हुदा पनि एकले अर्कालाई महिला भएकै पदमा त्याग गरेको देखिदा यस पटकको चुनाबले महिलामा ल्याएको रौनकतालाई दलहरुले जालझेल गरि तालमेल गरि खस्काउने काम भएकोमा त्यसरी त्याग गर्ने महिलाका लागि वैकल्पिक सोचहरु बाहिर आउनु जरुरी छ होईन भने अर्को पटक यसरी त्याग गर्ने महिला फेरि नभेटिन सक्छन् ।