Hollywoodkhabar advertisement

पिडित माथि राजनीति गर्दा सिन्धुपाल्चोकमा अखिलको झण्डा च्यातियो

-पिडित माथि राजनीति गर्दा सिन्धुपाल्चोकमा अखिलको झण्डा च्यातियो
0
shares

मन-मुटु नै चुडिनेगरि गएको बढी-पहिरोको मारमा परेका सिन्धुपाल्चोकका पिडितहरुलाई राहत दिन झण्डा राखेर राजनैतिक भेदभाव गर्न थालेपछि अखिलको झण्डा च्यातिएको छ।

नेपाल कन्युनिष्ट पार्टी एमालेवाला विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो झण्डा राखेर राहत वितरण थालेपछि झडप भएको हो। मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितहरूका लागि प्रदान गर्न लागिएको पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै उपस्थित पिडितहरुले झण्ड हटाउन खोजेपछि झडप भएको हो। झडप हुँदा उनीहरुको झण्डा च्यातिएको छ।

त्यसपछि अनेरास्ववियूका कार्यकर्ता र स्थानीयबीच धकेला धकेल हुँदा स्थिति असामान्य भएको थियो। स्थिति असामान्य भएपछि प्रहरीले राहत वितरणलाइ नियन्त्रणमा लिएर स्थिति सामान्य बनाएको छ।

ADVERTISEMENT-----