-एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

Hollywood Khabar March 29,2021 Comments

कृष्ण के सी, हलिउडखबर, मार्च २९, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचनको मिति निर्वाचन आयोगले छिट्टै बाहिर ल्याउनु अपेक्षा गरिएको छ। ब्यबस्था अनुसार मे अन्तसम्म चुनाव भैसक्नु पर्ने र जुन महिना देखि नयाँ नेतृत्वले कार्यभार लिनुपर्नेछ। कसैले चाहँदा या नचाहँदा पनि त्यसमा परिवर्तन आउँदैन, यो पटक गर्न नै मिल्दैन।

एनआरएनए एनसीसी अमेरिकाको पंजीकृत सदस्य संख्या २१ हजार ८ सय ५४ जना छन्।यस मध्ये प्रमाणित भएका सदस्य संख्या घटेर आएपनि २१ हजार भन्दा माथि नै हुनेछन। त्यसमध्ये २ हजार ३ सय १४ जना आजिवन सदस्य र १५ हजार ५ सय ७९ जना साधारण सदस्य रहेका छन।

सदस्य संख्याको यो माहोलसंगै अमेरिकामा चुनावी रौनक पनि बढेर गएको छ। उम्मेदवारहरु भटा-भट बाहिर आएका छन्। अझै आउने क्रम जारि छ, यो एकदम राम्रो कुरा हो। यो पक्तिकारलाइ प्राप्त उम्मेदवारी घोषणाका समाचार समय नमिलेर पोष्ट गर्न नै नभ्याएको अवस्था छ। यो पटक करिब ३० वटा राज्य च्याप्टर नेतृत्वको पनि चुनाव हुनेछ। केन्द्र र अन्तराष्ट्रिय परिषद सदस्य समेतको पदभार हेर्दा ५०० देखि १,००० जना या त्यो भन्दा धेरै उम्मेदवारहरु मैदानमा हुने अनुमान गर्न सकिन्छ।

यसै क्रममा वर्तमान उपाध्यक्ष बुद्धि सागर सुवेदी र बोर्ड सदस्य तिलक के सी, डा अर्जुन बन्जाडे र कृष्ण लामिछानेले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। सबै आ-आफ्नै किसिमले चुनावी प्रचारमा नियमित छन्। टाउनहल मिटिङ्ग, जुम इन जुमआउट देखि विभिन्न सिटी भिजिट इत्यादि गर्दैछन्।

चुनावी माहोल ल्याउन बुद्धि सुवेदी धेरै अगाडी छन्। उनले न्युयोर्क र सिकागोमा गरी दुइवटा चुनावी कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेका छन्। सुवेदीका अगाडी-पछाडी उम्मेदवारहरुको कारगेट छ। सुवेदीलाई जनसम्पर्क समिति संबद्ध पक्ष, एनआरएन अभियन्ता, अग्रज, राज्य च्याप्टर, प्रवासी मंच अमेरिकाका केहि र दर्जनौ अरु उम्मेदवारहरुले सपोर्ट र साथ दिएका छन्।

कतिपय उम्मेदवार हुनेहरुले अध्यक्षका उम्मेदवारलाइ छोडेर अन्त जाने क्रम बड्दै गएको छ। कतिले त अध्यक्षका उम्मेदवारले मेरोमा आइज भन्दा पनि आएका छैनन। तर सुवेदीका लागि उम्मेदवार मिलाउनु पर्ने समस्या आएको छ। उम्मेदवार टिममा राखिदिन भनेर जोड र प्रेशर नेपाल देखि पनि आएका छन्। यसलाई सजिलो भाषामा लिड गरेका सुवेदीको पक्षमा भिड पनि दैनिक बढेको देखिएको छ।

उता तिलक के सी भने प्रचारको तयारी गर्दैछन्। देब्रेपंथीको भाषामा भन्नुपर्दा उनले चुनाव प्रचारमा एकै पटक ज्वारभाटा ल्याउने र छलाङ्ग नै मार्ने तयारी गर्दैछन। तिलक के सी चुनाव प्रचारको लागि १०० जनाको हाराहारी या त्यो भन्दा धेरै व्यक्तिहरुको कमिटि बनाउने तयारीमा रहेको कुरा उनका निकटमहरुले बताएका छन्। यति मात्र होइन, तिलक के सीलाइ अमेरिकामा रहेका प्रवासी मंच र केहि जनसम्पर्क समिति निकटहरुले पनि सघाउने खबर प्राप्त भएको छ। उनका महासचिवका उम्मेदवार नै नेपाली जनसम्पर्क समितिसँग सम्बद्द व्यक्ति हुने कुराको झल्को प्राप्त भएको छ।

अमेरिकाको निर्वाचनलाइ एनआरएनको अन्तराष्ट्रिय नेतृत्व र नेपालीहरुको विश्वो समुदायले हेरिरहेको छ। यो सबै गतिबिधि र अवस्था करिब ६ दर्जन जति उम्मेदवारहरुसँगको कुराकानी, अरु उम्मेदवारले गरेको अलायन्स, उनीहरुको सपोर्ट गर्ने पक्ष, सबैको अध्ययन गर्दा यो पटक अमेरिकाको चुनावी टक्कर बुद्दि सुवेदी र तिलक के सीबीच नै हुने अनुमान गर्न सकिन्छ।