-प्रकाश काफ्ले

यो देशमा सुविधै सुविधा

Hollywood Khabar June 23,2019 Comments

यो देशमा सुविधै सुविधा,

कहिले यताको सुविधा कहिले उताको सुविधा

जता पनि आखिर हाम्रै नेतै नेताको सुविधा

 

यो देशमा सुविधै सुविधा,

पानिमा हिलोको सुविधा घाममा धुलोको सुविधा 

पिच बाटो मै खाल्टा खुल्टि कुलोको सुविधा

 

यो देशमा सुविधै सुविधा,

जनतालाई भुसको सुविधा कर्मचारीलाई घुसको सुविधा 

कर्णालिमा सिटामोल छैन नेतालाई जापान रूसको सुविधा

 

यो देशमा सुविधै सुविधा,

विधार्थिलाई चिट चोर्ने सुविधा मास्टरलाई पैसा सोन्रे सुविधा 

सांसद मन्त्रीलाई संसदमा कुर्चि टेबुल फोर्ने सुविधा

 

यो देशमा सुविधै सुविधा,

बाटोमा जामको सुविधा राधिकालाई रामको सुविधा 

बाह१ हामी क्या नेपाली सब जनतालाई तमाम सुविधा

 

यो देशमा सुविधै सुविधा,

कसैलाई लुटको सुविधा बलत्कारिलाई छुटको सुविधा 

गणतन्त्रमा आन्दोलन गर्दा पुलिसको बुटको सुविधा

 

यो देशमा सुविधै सुविधा,

सधैं गईरहने बत्तिको सुविधा बाढि पहिरो क्षतिको सुविधा 

संसार मै कहि नभाको यो देशमा कत्तिको सुविधा

 

यो देशमा सुविधै सुविधा,

खानै नपर्ने नोकरिको सुविधा अल्छिलाई चाकरिको सुविधा

विनियममा नभएनि हाकिम सावहरूलाई सवारिको सुविधा

 

यो देशमा सुविधै सुविधा,

सरकारि धन कसैको यारलाई सुविधा कसैको प्यारलाई सुविधा

ठेक्का पट्टा आफैं लिने स्थानिय सरकारलाई सुविधा

 

यो देशमा सुविधै सुविधा,

रेमिट्यान्स करको सुविधा विदेश मै मर्ने डरको सुविधा 

मेयरलाई जेसिबी वडाध्यक्षलाई डोजरको सुविधा