सुन्दरादेवी सन्देश म्युजिक अवार्ड जेठमा हुने

Hollywood Khabar February 03,2017 Comments

नेपालि गीत संगीत हाम्रो पहिचान, संचार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान भन्ने मूल नाराको साथ आगामी जेठ महिनामा हुने तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्डको फर्म फागुन १ गतेबाट खुल्ने भएको छ।

चलचित्र, आधुनिक र लोकदोहोरी विधामा अवार्ड दिने आयोजक समितिका अध्यक्ष किरण अधिकारी र सदस्य सचिव मनोज थापाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ। दुई वर्ष बागमती स्तरिय म्युजिक अवार्ड गर्दै आएकोमा यो वर्षबाट राष्ट्रिय स्तरको गर्न लागिएको आयोजक समितिले जनाएको छ ।

नुवाकोटबाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनमा हुने यो अवार्ड तेस्रो संस्करणको हो । साप्ताहिकले बागमती लोकदोहोरी अवार्ड, बागमती म्युजिक अवार्ड हुादै यस वर्षबाट म्युजिक अवार्ड गर्ने भएको छ । यस अवार्डमा काठमाडौंबाट प्रकाशित हुने मूलधार साप्ताहिक र मनोरञ्जन सम्बन्धी समाचार प्रकाशन गर्ने रंगीनसंसार डटकमले सहकार्य गरेको छ । कार्यक्रमको व्यवस्थापन नाट्यश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्ट प्रा.लि. नुवाकोट र एक्टर नेपाल नेटवर्क प्रा.लि. काठमाडौं गर्ने भएको छ । 

अवार्डमा चलचित्र तर्फ सर्वोत्कृष्ट गीतकार, सर्वोत्कृष्ट संगीतकार, सर्वोत्कृष्ट गायक, सर्वोत्कृष्ट गायिका, सर्वोत्कृष्ट नायिका, सर्वोत्कृष्ट नायिका विधाहरु रहेका छन् । त्यसैगरी आधुनिक तर्फ सर्वोत्कृष्ट गीतकार, सर्वोत्कृष्ट संगीतकार, सर्वोत्कृष्ट गायक, सर्वोत्कृष्ट गायिका, सर्वोत्कृष्ट भिडियो निर्देशक, सर्वोत्कृष्ट छायााकार, सर्वोत्कृष्ट भिडियो सम्पादक, सर्वोत्कृष्ट मोडल पुरुष, सर्वोत्कृष्ट मोडल महिला त्यसैगरी लोक दोहोरी तर्फ सर्वोत्कृष्ट शब्द, सर्वोत्कृष्ट लय, सर्वोत्कृष्ट गायक, सर्वोत्कृष्ट गायिक, सर्वोत्कृष्ट मोडल पुरुष, सर्वोत्कृष्ट मोडल महिला, सर्वोत्कृष्ट भिडियो निर्देशन, सर्वोत्कृष्ट भिडियो, सर्वोत्कृष्ट छायााकार, सर्वोत्कृष्ट भिडियो सम्पादक, नव गायक र नव गायिका विधाहरु रहेका छन् । देशभरका कलाकर्मीहरुले यस अवार्डमा सहभागी हुन सक्नेछन् ।