-NRNA:एनआरएनए आइसीसी युवा संयोजकमा सुदिप कार्की उम्मेद्वार हुने

NRNA:एनआरएनए आइसीसी युवा संयोजकमा सुदिप कार्की उम्मेद्वार हुने

Hollywood Khabar September 13,2019 Comments

कृष्ण के सी/अमेरिका/९/१४/१९

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को २०१९-२०२१ कार्यकालको लागि हुने निर्वाचनमा सुदिप कार्की युवा संयोजक पदको लागि उम्मेद्वार हुने भएका छन्।

युनाइटेड अरब इमिरेटस अर्थात (यूएइ) मा रहेका कार्की सँग हलिउडखबरले गरेको कुराकानीमा उनले आफू युवा संयोजकका लागि उम्मेद्वार हुने जानकारी दिएका हुन्। काठमाण्डौ जिल्लामा नै जन्मेका कार्की २००४ देखि यूएइमा बस्दै आएका छन्। त्यहाँ उनको आफ्नै ब्यबसाय पनि छ।

युवाहरुको लागी खेलकुदको चासो बढाउन र प्रबर्द्धन विशेष पहल गरेको बताउने कार्कीले नेपालमा विभिन्न आपत र अप्ठेरोमा परेकोहरुलाई रहात, नेपालका असक्त, निम्न स्तरका बिरामीहरुको लागी युएईमा चलाईएका सम्पुर्ण सहयोग अभियानमा आहभागी भएको बताए। उसो त कार्कीले दुइजना फोस्टर सन्तान हुर्काएका पनि छन्। नेपालमा घटेका हरेक प्राकृति प्रकोप र घटनाहरुमा सहयोग गरेको छु । बाढी पिडितलाई सहयोग गरेको छु, कार्कीले भने।

नेपालमा भुकम्प जादा मैले र मेरो टिमले अभियान चलाएर एनआरएनएको तर्फबाट प्रतिनिधित्व गर्दै सहयोग र उद्दार कार्य गरेको छु। हालसालै एक बिधार्थीलाइ सहयोग गरि कलेज भर्ना गरिदिएको पनि छु। म सधै मेरो व्यक्तिगत जीवन भन्दा पनि समाजिक जीवन ब्यतित गर्न पराउने ब्यक्ति भएको हुदा आफू समाजिक कार्य गर्न सधै तत्पर रहने छु, कार्कीले भने।

समाजमा रमाउने भएकोले आफू हाल राजनितिकमा नरहेको बताउँछन् कार्की। हुन त सबैजसो नेपालीहरु कतैन कतै त राजनैतिक आस्था र बिचारप्रति झुकाब राखेका हुन्छौ। त्यस्तै म पनि राजनिति आस्था र पार्टी अनि बिचारको पाटोबाट अछुतो भने रहन्न। तर पनि तत्काल राजनीतिमा त्यति खुशी छैन, कार्कीले भने। युएईमा कार्कीले नेपालीहरुको मौलिक खाना उपलब्ध हुने नेपाली रेष्टुरेण्ट खोलेका छन्। उनको रेष्टुरेण्टमा केवल ट्रेडिसनल टिपिकल नेपाली परिकार मात्रै पाउन सकिन्छ।

गैरआवासीय नेपाली संघमा भएन उनि २०११ मा मात्र प्रवेश गरेका हुन्। २०११-२०१३ सम्म एनआरएनए रसल खेमहक्षेत्रबाट एनसीसीमा क्षेत्रीय अध्यक्ष हुदै आएका हुन्। २०१३-२०१५ मा एनआरएनए एनसीसी यूएइ को उपाध्यक्ष, २०१५-२०१७ मा भने उनि एनआरएनए एनसीसी यूएइको अध्यक्ष भएका थिए। २०१७-२०१९ मा एनआरएनए सदस्य रहेका छन्। अब यो पटक २०१९-२०२१ को लागी एनआरएनए आइसीसीको युवा संयोजकको लागि उमेदवार हेने भएका छन् कार्की।

एनआरएनए आइसीसीको युवा संयोजकमा युवाहरुलाई वास्तविक रुपमै राज्यको एउटा शक्तिको रुपमा बिकास र प्रबर्द्धन गर्ने सङ्कल्प लिएर आएको बताउँछन् कार्की। कार्कीले हसाउँदै भने, यो प्यानल शब्द त बैधानिक होइन क्यारे तर मलाइ जे सुकै भने पनि अध्यक्षमा भने कुमार पन्त दाईलाइ सपोर्ट गर्छु। भलै उहाँले के गर्नुहुन्छ त्यो उहाँको कुरा हो।

मैले मेरो प्रतिबद्धतामा सम्पुर्ण अजेण्डाहरु जग जाहेर गराएको छु। मैले जिते भने युवा जोस जागर र सङ्कल्पलाई मार्ग निर्देशन र प्रेणाको श्रोतको रुपमा बिकास गर्नेछु।उसै पनि मैले विगतमा २०११ देखी नै युवा जनशक्तिलाई परिचालन गरि बिभिन्न समाजिक कार्यहरु गरेको छु। यूएइ भनेको श्रम बजार हो। यहाँ काम र अन्य थुप्रै समस्या आइ नै रहन्छन। नेपालीहरु आपत र बिपतमा परेकाहरुलाई उद्दार, काम गर्ने कम्पनीहरुले बस्न खान नदिदा सहयोग, श्रमिकहरुको क्याम्पमा गएर उनिहरुको समस्याहरु सुन्न र समस्याहरुको समस्या समाधान गर्न भेट घाट तथा अन्तरकिर्या कार्यक्रमहरु गरेको छु। बिभिन्न नेपाली नेपालीहरुको महत्त्वपूर्ण चाड पर्बहरुमा नेपाली कार्यक्रमहरु गर्न सबैसग समन्वय गरि सहयोग गरेको छु।

यस्तै म २०१५ -२०१७ को अध्यक्ष भएपछि उद्दार कोष खडा गरि नेपालीहरुका लागी नेपाली भन्ने मुल नारालाई आत्मसात गर्दै अगाडि बढे र सम्पुर्ण श्रमिकहरुको हक हितको लागी काम गरेको छु। अप्ठेरोमा परेका श्रमिकहरु, विशेषगरी महिला दिदी-बहिनीहरुलाई उद्दार, सम्पुर्ण समाजिक ब्याक्तित्वहरुसग छलफल गरि बिचौलियाहरुको नाम सार्बजनिक गर्न एम्बेस्सीलाई अनुरोध गरि दलाल र असामाजिक काम गर्न बन्ध गर्न पहल जस्ता थुप्रै काम गरेको छु। त्यसैगरी हुण्डी तस्करीहरुको बिरुद्ध बिभिन्न चेतना र जागरणका कार्यक्रम गरेको छु। देश बिकास र समृद्धिको लागी छलफल र गोष्ठीहरुको आयोजना गरे । नेपाली दाजु भाई र दिदि बहिनीहरु स्वदेश फर्किदा र यहाँ जाने सिकेको नेपालीहरुको सिप र कलालाई उचित मूल्याकंन गरि संबंधित निकायहरुमा सहयोग गर पहल गरे । बिभिन्न बिचौलियाहरुको मारमा परेका चेलीहरुको उद्दार गरे । श्रमिकहरुको हक हित र उचित श्रमको मुल्य र तलबको लागी संबंधित नेपाल एम्बेस्सी र श्रम मन्त्रालयहरुमा अनुरोध गरे। साथै म आइसीसि सदस्य हुँदा पनि हरेक अभियानहरु सहभागी भए।

टोप बहादुर बि कलाई नेपाल फर्काउन ब्लड मनि तिर्ने अभियानमा सरिक भए। अन्य धेरैलाई अन्जानबस जेल परेकाहरुलाई जेलबाट छुटाउन सहयोग र पहल गरे। बिभिन्न देश बिदेसको भ्रमण गरि उक्त अनुभबको आधारमा अब युवा र महिलाहरुलाइ बिशेष ध्यान दिएर उधमशिलता र स्वरोजगारका खाकाहरु तयार पारेको छु। युवा पुस्तालाई वास्तविक मानेमा अब देश बिकास र समृद्धिको एउटा अभिन्न अङ्ग बनाउने अठोट गरेको छु। सायद अर्को देशमा यस्ता काम आवश्यक्त नपर्न्लान तर यहाँ यो यूयेइमा पर्ने काम यस्तै हुन् र मैले तिनै काम गरे, कार्कीले भने।

अन्तमा;

तपाई सम्पुर्ण एनआरएनहरुको माया भरोसा र बहुमुल्य मत र बिश्वासलाई सिरोपर गर्दै आफ्नो सम्पुर्ण प्रतिबद्धता पुरा गर्नेछु। तपाई सम्पुर्णमा हार्दिक आभार अनि कृतज्ञता ज्ञापन गर्न चाहन्छु, कार्कीले भने।