-सांकेतिक तस्विर

सुख्खा पहिरोले पुरिएर दुईजनाको मृत्यु

Hollywood Khabar June 12,2019 Comments

३० जेठ, हेटौंडा।मकवानपुरमा सुख्खा पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ।राक्सिराङ गाउँपालिका-८ टोड्केमा एक्साभेटरले सडक खन्ने क्रममा माथिबाट पहिरो खस्दा दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा  स्काभेटका सहयोगी चितवन शक्तिखोरका २३ वर्षीय सुदीप श्रेष्ठ र धादिङका १७ वर्षीय रोशन बुढाथोकी रहेको मकवानपुर प्रहरीले बताएको छ।डोजरका चालक भने भागेर जोगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।