-सन्नी सगरमाथा समाज

सन्नी सगरमाथा समाज:नेपालीहरुको जायण्ट पिक्निक अर्गनाइजर

Hollywood Khabar February 28,2019 Comments

कृष्ण के सी/अमेरिका

अमेरिकाको क्यालिफोर्निया राज्यको उत्तरी भागमा, सान फ्रान्सिस्को बे एरियाको सन्निभेल भेल शहर र आसपासमा बस्ने नेपालीहरुको संस्था हो सन्नी सगरमाथा समाज।

यो संस्थाले बिगत ६/७ देखि नियमित रुपमा नेपाली नयाँ वर्षको उपलक्षमा पिक्निकको आयोजना गर्दै आएको छ। पछिल्ला बर्षहरुमा यो संस्थाको पिक्निकमा १५०० भन्दा धेरै नेपालीहरु उपस्थित हुने गरेका छन्। यो संस्थाको पिक्निक नै संभवत नेपाली अमेरिकी संस्थाहरुले आयोजना गर्ने मध्ये जायण्टमा नै पर्छ होला।

यो बर्ष अर्थात नेपाली नयाँ बर्ष २०७६ को उपलक्षमा पनि नेपाली बनभोजको तयारी शुरु भएको कुरा संस्थाले जानकारी दिएको छ। पिक्निकलाइ भब्य रुपमा सम्पन्न गर्नको लागि संस्थाका सचिब धर्मेन्द्र के सीको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ।

आयोजकहरु यो पटक २००० भन्दा धेरै नेपालीहरुको उपस्थित गराउनको लागि तयारी गर्दैछन्। April 13, 2019 (Saturday), बिहान ११ बजे देखी सुरु हुने पिक्निक Serra Park- 739 The Dalles Ave., Sunnyvale, CA 94087 मा हुनेछ।

मनोरंजनने भरपुर र स्वादिष्ट परिकार हुने पिक्निकको लागि शुल्क : बयस्क $25, १० बर्ष भन्दा माथिका उमेर समुहकाहरुको लागि $10 र बृद्ध अनि १० बर्ष भन्दा मुनिका नानीबाबुहरुको लागि निशुल्क हुने कुरा आयोजकहरु बताउँछन्।

बनभोज तयारी समिति

संयोजक - धर्मेन्द्र केसी
सदस्यहरु :

-मिना श्रेस्ठ
-सन्तोष गिरी
-प्रमिला थापा
-बिन्दु सापकोटा
-रमेश राउत
-प्रतिक्षा बराल नेपाल
-अक्तर अली अन्सारी
-तेज गुरुङ
-गीता कंडेल दबाडी
-प्रकाश बन
-अनिल पन्त
-सुमना बिष्ट
-सबिता भट्टराई
-दीपेन्द्र तिमल्सिना
-रबिन्द्र कंडेल
-दिपक अधिकारी
-प्रकाश लामा
-भरत शर्मा
-नारायण खनाल
-पुरुशोतम अधिकारी
-अनुप अधिकारी