-Rajan Subedi

शुन्यतामा सदा हराईरहेछ बिरानीमा सदा काराईरहेछ

Hollywood Khabar December 14,2019 Comments

राजन सुबेदी/ओस्लाे/नर्वे/१२/१५/१९
शुन्यतामा सदा हराईरहेछ
बिरानीमा सदा काराईरहेछ
फर्किएर विगतलई नियाल्दा
वर्तमानमा मुटु चहराईरहेछ
सदा एकान्तमात्र खाेजिदिन्छ याे मन्
अनन्त बिश्राममा सुस्ताउन खाेज्छ तन्
बिवशता र बाध्यताकाे संजालमा हरपल
नजानिदाे तवरले प्रतिदिन फस्दाे छ जिवन
कसरी शब्दहरूमा पाेख्न सक्छु र म ?
सम्झनाले कति घाउहरू दुःखेका छन्
सायद अाँसुकाे सागर रित्तिएछक्यारे अब त ?
रुवाईकाे अर्थछैन अाखाहरू सुकेका छन्
कुनै अर्थछैन यहाँ बिरानिमा कराउनुकाे !
कुनै महत्त्वछैन यहाँ शुन्यतामा हराउनुकाे !
कुनै मूल्यछैन यहाँ मेरा यि अाँशुहरूकाे !
कुनै कदरछैन यहाँ मेरा यि भावनाहरूकाे !
मनहरू छन् यहाँ स्वार्थकाे जालमा फसेका !!
अात्माहरू छन् यहाँ पापकाे सागरमा पसेका !!
मुटुहरू छन् यहाँ चट्टानी रूपमा बसेका !!
अनी....अनी
आँखाहरू छन् यहाँ लाेभका अबिर घसेका
त्यासैले.....त्यासैले
बाँच्नु छ यहाँ एक्लै मन र अात्मालाई मारेर ।
हाँस्नु छ यहाँ अगाडी एकान्तमा अाँशु झारेर ।
दुःख र पिडालाई सदा अाफूमा अंगालेर ।
मुटुभरी प्रियसीकाे याद र माया सँगालेर ।