आज अमेरिकी Super Bowl खेल हुँदै, सान फ्रान्सिस्को नाइनरमय, picture from Google

आज अमेरिकी Super Bowl खेल साँझ ६:३० बजे सुरु हुने, सान फ्रान्सिस्को नाइनरमय

Hollywood Khabar February 01,2020 Comments

कृष्ण के सी/२/२/२०

आज फेब्रवरी २, २०२० का दिन अमेरिकाको चर्चित खेल मध्येको एक Super Bowl खेल हुँदैछ।

खेल San Francisco “49ers” र the Kansas City “Chiefs” बीच हुनेछ। त्यो भन्दा पनि दमदार कुरा फ्लोरिडा मात्र होइन सान फ्रान्सिस्को होमटाउन भएको 49ers फ्यानहरुले सान फ्रान्सिस्को एरियालाई नाइनर माया बनाएका छन्।

यो पटकको खेलको टिकेट ५३५१ डलरबाट सुरु भएको देखाइएको छ। त्यसो त सबैजसो च्यानलहरुले यसलाई लाइभ गर्नेछन। प्रायजसो बारहरुमा पनि लाइभ बारेको समेत ब्यबस्था हुनेछ।

सुपर बल खेललाई प्राय अमेरिकी राष्ष्ट्रपति सम्मले पनि हेर्ने गरेका छन्। अनि प्रायजसो व्यक्तिहरु भने घरमा बसेर बियर पिउंदै खेल हेर्ने गर्दछन। खेल जहिले पनि आइतबार हुने हुनाले यसलाई Super Bowl सण्डे पनि भन्ने गरिएको छ।

San Francisco “49ers” र the Kansas City “Chiefs” का बीचको सो खेल फ्लोरिडाको हार्ड रक रंगशालामा हुनेछ। स्थानिय समय अनुसार आज सांझा ६:३० बजे खेल सुरु हुनेछ।

SUNDAY, Feb 2, 2020, 6:30PM

2020 Super Bowl - Kansas City Chiefs vs. San Francisco 49ers

Hard Rock Stadium - Miami Gardens, FL