Hollywoodkhabar advertisement

नेकपामा डनबादको सक्कली रुप नेता तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डे माथि अभद्र ब्यबहार

-नेकपामा नेता तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डे
0
shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का आफ्नै कार्यकर्ताले पार्टी स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डे माथि अभद्र ब्यबहार गरेका छन्। नोवेम्बर २१, २०२० शनिबार गृह जिल्ला चितवन पुगेका पाण्डे नेकपा चितवन राप्ती नगरकमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए। सोहि मौकामा आफ्नो मन्तब्य राख्दै गर्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका गुटले सुरेन्द्र पाण्डेमाथि दुव्र्यवहार गरेका थिए।

सो समयमा करिव डेढ दर्जन जतिको झुण्डले कार्यक्रममा प्रवेश गरी नारावाजी गरेका थिए। उनीहरुले गुटको भेला गर्न पाइँदैन, पार्टी एकता जिन्दाबाद, महान नेता केपी ओली जिन्दाबाद जस्ता नारा लगाएका थिए। त्यसको लगत्यै कमिटी इन्चार्ज तथा सभाध्यक्ष मान बहादुर स्याङ्बाले कार्यक्रम स्थगित गरेका थिए।

घटना पछि नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सो घटनाको भत्सर्ना गर्दै छानविन गर्न माग गरेका छन्। प्राय गरि प्रशिक्षणमा देखिने नेता पाण्डे नेकपाका विद्वान नेता मध्येका पर्छ।