-नेपाली समाज अमेरीकाद्वारा स्वागत तथा खेद ब्यक्त

नेपाली समाज अमेरीकाद्वारा स्वागत तथा खेद ब्यक्त

Hollywood Khabar April 26,2020 Comments

सुरेश चाम्लिङ्ग/न्यु योर्क/४/२७/२०

हालै नेपालमा घटेको राजनीतिक घटनाक्रमको सन्दर्भमा नेपाली समाज अमेरीकाले एक बिज्ञप्ति जारी गरी समाजवादी पार्टी र रास्ट्रिय जनता पार्टी एकीकरण भै जनता समाजवादी पार्टी बनेकोमा स्वागत गरेको छ।

अब आउने बाँकी दिनहरुमा पद र सत्ताको स्वार्थमा नलागी निस्वार्थ रुपले मुलुकमा थाँती रहेको संविधान शंसोधन,समाबेशिता लगाएत देशको सम्रिद्दीको लागी कटीवद्द रहनु होश भन्ने शुभ कामना दिइएको छ। सरकारले पार्टी फुटाउनु अध्यादेश ल्याउने र तत्कालिन पार्टीका सांसदहरु अपहरण गर्ने सरकारको कृयाकलाप प्रती सोहि बिज्ञप्तिमा खेद ब्यक्त गरेको छ।

उक्त बिज्ञप्ति मा भनिएको छ- सम्पूर्ण विश्व कोरोना (कोविड -१९) को संक्रमणबाट गुज्री रहेको समय र नेपालकै सन्दर्भमा पनी मुलुक लक् डाउनले ठप्प रहेको,जनताले सास्ती खेपी रहेको अवस्थामा आफ्नो अभिस्ट पुरा गर्न अध्यादेश ल्याउने र तत्कालीन समाजवादी पार्टीलाई विभाजन गर्न उद्दत रहेको प्रधानमंत्री के पी ओलीको घृणित कार्यको घोर भर्त्सना गर्दछौं।

उक्त कार्यको लागी समाजवादी पार्टीको सांसद हरुलाई प्रलोभनमा पार्ने गुण्डागर्दी शैलीमा अपहरण गरी होटलमा जवर्जस्ती शरीर बन्धक बनाउने लगाएतका आपराधिक कार्यमा संलग्न सत्तारुढ दलका सांसदहरु महेश बस्नेत,कृष्ण कुमार श्रेष्ठ र पुर्व आइ जी पी सर्वेन्द्र खनालहरु लाई तुरुन्त कारवाई होस् भन्ने जोडदार माग गर्दछौ/त्यसरी नै किर्तिपुरमा राहत वितरण गर्दा समाजवादी बिद्यार्थी युनियन सम्बद्द बिद्यार्थीहरु उपर हातपात र धर पकड गरिएको छ। सो को भर्त्सना गर्दै दोषी उपर कारवाई होस्/ उक्त बिज्ञप्ति मै कोरोनाको कारणले विश्वका बिभिन्न मुलुकमा अलपत्र तथा बिपतमा रहेका नेपालीहरुको यथाशीघ्र उद्दार गरियोस भन्ने माग गरिएको छ।

अध्यक्ष समीर महर्जन र महासचिव मनु लोहोरुंगद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा प्राण घातक कोरोनाको कहर सम्पूर्ण विश्वले खेपी रहेको सन्दर्भमा र बिशेष गरी अती प्रभावित क्षेत्र न्यु योर्क र अमेरिकाबाट यस्तो अवस्थामा राजनीतिक छलफल वा कुनै टिका टिप्पणी गर्ने मनशाय नहुदा नहुदै पनी उत्पन्न परिस्थितिको कारण बिज्ञप्ति जारी गरीएको कुरा बताईएको छ।

अमेरिका स्थित उक्त समाजका केन्द्रीय सदस्य केशब राम राईका अनुसार जनता समाजवादी पार्टीका नेता पुर्व मंत्री राजेन्द्र श्रेष्ठसंग हालै अमेरिका र क्यानाडाका नेपाली समाज सम्बद्द सम्पूर्ण पदाधिकारीहरु बीच भाइबर द्वारा कन्फरेन्स मिटिंग गरी पार्टी एकीकरण र भावी आउने परिणाम बारे छलफल गरिएको थियो। उक्त कन्फरेन्स मिटिंगमा समाजका अध्यक्ष समीर महर्जन, डी एम भी पी च्याप्टर अध्यक्ष मिलन राई, न्यु इंग्ल्याण्ड च्याप्टरका अध्यक्ष र क्यानाडा प्रतिनीधि चन्द्र ध्वज राईले समसामयिक बिषयमा प्रश्न राख्नु भएको थियो।