-निर्वाचन आयोगका प्रमुख विश्व बराल

एनआरएनए अमेरिकाको निर्वाचन आयोगमा तपाइँ प्रमुख भएको भए सालको बिषयमा के निर्णय गर्नुहुन्थ्यो?

Hollywood Khabar May 05,2021 Comments

कृष्ण के सी, अमेरिका, मे ५, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन आयोगमा तपाइँ निर्वाचन प्रमुख भएको भए के निर्णय गर्नुहुन्थ्यो?

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन आयोगले २०२१-२०२३ कार्यकालको लागि निर्वाचन गतिबिधि अगाडि बढाएको धेरै महिना भयो। एनआरएनए एनसीसी अमेरिकामा संघको निर्वाचन आयोग कार्यसमितिले नभएर साधारणसभा या महाधिवेशनले नियुक्ति गर्ने गर्दछ। यसैका कारण आयोग निष्पक्ष हुने गर्दछ यसमा कार्यसमिति र अन्य पक्षले हस्तक्षेप र प्रभाव पार्न सक्दैन।

यो २०२१-२०२३ कार्यकालको निर्वाचन संबन्धि तयारीका काम, बैठक, सूचना प्रकाशन, प्रेसमीट र निर्वाचनको निर्णय र गतिबिधि बढाउने काम नियमित रुपमा नै भएका छन्।यस संबन्धि सूचना त एनआरएनए एनसीसी अमेरिकाको वेबसाइट, सूचना, विभिन्न मिडिया र अन्य तरिकाले पनि पाउन सकिन्छ।

तर यो पटक चाहिँ अध्यक्षका उम्मेदवार भएका सालको अध्यक्षको उम्मेद्वारी रद्ध गर्नुपरेको कारणका बारेमा निर्वाचन आयोगका प्रमुख विश्व बरालसंग भएको कुराकानीलाइ प्रस्तुति गरेको छु। सबै जवाफ आउनु भन्दा मेरो प्रश्नको जवाफमा उहाँले प्रतिप्रश्न गर्नुभयो, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन आयोगमा तपाइँ निर्वाचन प्रमुख भएको भए के निर्णय गर्नुहुन्थ्यो ? यहि प्रश्न साल लम्साल, तिलक के सी र यसका वकालत गर्ने अन्य सबैको लागि पनि हो।

सुरु गरौँ प्रसङ्ग उहाँको जवाफबाट:

१. हाम्रो जिम्मेवारी भनेको निश्पक्ष रुपमा निर्वाचन तोकिएको समयमा नै गराउने हो। हामी त्यसका लागि अगाडि आएका छौं र निर्णय पनि समय र भनिएकै रुपमा गरेका छौ। यसका लागि हाम्रो टिमले थुप्रै काम गरेको छ भन्ने प्रमाण त यहाँहरुका अगाडि जग-जाहेर नै छ।

२. यस बीचमा तोकिएको समयमा नै उम्मेदवारहरुले मनोनयन दर्ता गरे। हामीले पनि सूचना अनुरुप नै चुनावी गतिबिधि अगाडी बढाउँदै गयौं।

३. मनोनयन दर्ता गर्ने मध्ये बिधि पूर्वक प्राप्त गरेका सबैको नाम पहिलो लिष्टमा प्रकाशित गरियो। निर्वाचन टिमको काम बिधि अनुसार आएका निवेदनलाइ प्रकाशित गर्ने हो। हामीले पनि त्यसै गरियो।

४. त्यसमा गत २०१९ निर्वाचनका अध्यक्षका प्रत्यासी साल लम्साल पनि हुनुहुन्थ्यो। उहाँ एउटा मुद्धा लिएर अदालत गएको व्यक्ति पुन:संस्थालाई निरन्तरता दिन्छु भन्दै आएको र नियम अनुसार उम्मेदवार भएको अवस्थामा उहाँको मनोनयनलाइ सकारात्मक सोचका साथ उहाँको नाम प्रकाशित गरियो। साथै कानुनी अड्चन केहि छ कि भनि संस्थाको कानुनी परामर्शदातासंग पनि परामर्स गर्ने र केहि भएमा उसैको परामर्स अनुसार गर्ने निर्णय गरियो। यो निर्बाचन आयोगले बिधि बिधान र बिबेक प्रयोग गरेर गरेको निर्णय हो।

५. यसैबीच अध्यक्षका अर्का उम्मेदवार तिलक केसीले साल लम्सालका बिरुद्ध विधानको ब्यबस्था भन्दै दावी-बिरोध दर्ता गर्नुभयो।

त्यसपछि अब के भयो त?

१. निर्णयसम्म पुग्न के के बिधि पुरा गरियो त ? विधान खै ? बिकेक खै ? अनि कुनी के के खै भन्ने हजारौं सवाल जवाफ उठ्दछन। फेरी संघको अन्तराष्ट्रिय परिषद्को विधाको कुरा अर्कातिर मिलाएर जानु पनि छ। कुरा सजिलो पटक्कै थिएन र छैन।

२. पहिला त साल लम्साललाइ तपाइका बिरुद्ध दावी-बिरोध आएको छ र त्यस मा तपाई को के भनाइ छ भनेर त्यसबारेमा २४ घन्टामा जवाफ दिन मौका दिइयो। उहाँले समयमा नै आफू अमेरिकी नागरिक भएको, संघको आजीवन सदस्य भएको र ५०१सी को संस्थामा उम्मेदवार हुन पाउनुपर्छ भन्ने जवाफ दिनुभयो। साथै आफ्नै भनाइ मा बाझिने गरेर “संघको बिधान अनुसार निर्वाचन आयोग जानुपर्ने” भनेर सुझाव पनि दिनुभयो।

३. यसका साथै अध्यक्षका अरु तीन उम्मेदबारहरुलाइ पनि यस बिषयमा आफ्नो राय दिन २४ घण्टाको समय दिइयो। त्यसमध्य केवल १ जनाले मात्र बिधान अनुसार हुनुपर्ने भनेर राय दिनुभयो। अरु २ जनाले जवाफ दिनुभएन। म यहाँ उहाँहरुको नाम दिन चाहन्न र निर्वाचनको बखत भएकाले नाम दिन मिल्दैन पनि।

४. हाम्रो निर्वाचन टिमले सो कुरा संस्थाको कानुनी परामर्शदातालाइ यो बिषयमा अध्ययन गरेर सल्लाह दिन पठायो। उनले साल लम्सालका कानुनी प्रतिनिधिसमेतलाइ राय लिन पठाए। लम्सालका कानुनी प्रतिनिधिले आफ्नो क्लाइण्टले अदालत मा भएको मुद्दा फिर्ता नलिने तर संघको बिधान अनुसार जे निर्णय गरेपनि गर्न भनेर जवाफ दिए।

५. संघका हाम्रा कानुनी परामर्शदाताले संघको ५०१सी अनुसार दर्ता भएको संघको चालु बिधान अनुसार कानुनी कारबाही चल्ने हुनाले लम्सालको उम्मेदवारी बिरुद्द दावी आएकाले उनको उम्मेद्वारी रद्द गर्न सल्लाह दिए।

६. हामीले यस बाहेक संघका अग्रज लगायतसंग पनि विभिन्न तरिकाले सुझाव लिने काम गरियो।

७. अन्तमा सबैको सुझाव, कानुनी परामर्शदाताको सुझाव र बिधानको ब्यबस्था अनुसार निर्बाचन आयोगले साल लम्सालको नाम रद्ध गर्ने निर्णय गर्यो। यसमा कसैको स्वार्थ, इगो अथवा केहि पनि छैन। यो भन्दा अर्को बिधि पनि विकल्पमा थिएन र छैन।

८. यहाँ भन्नु नै पर्ने के हो भने, बिधानत अध्यक्ष र केहि पदका उम्मेदवार बाहेक सबै मतदाताले बाँकी पदमा उम्मेदवार हुन पाउँछन्। साल लम्सालले पनि मत दिन पाउँछन्। तर त्यो अवस्था हामीले गरेको होइन। उहाँलाइ मौका नदिने निर्णय हामीले निर्णय गरेको होइन, केवल सबै बिधि बिधान अनुसार नै गरेको निर्णय हो।

९. यो निर्णय बिधि बिधान, कानुन र बिबेक प्रयोग गरेर गरिएको छ। मेरो र तेरो भन्ने कुनै भेदभाव गरिएको छैन। यदि तपाइँ यो निर्वाचन आयोगमा हुनुहुन्थ्यो र यस मुद्दाप्रति निर्णय गर्नुपरेको भए के गर्नुहुन्थ्यो ?

१०. यहाँ संझनु पर्ने कुरा, केहि समय पहिला साल लम्सालजीले नै निवेदन गरेर अदालतको विचाराधीन मुद्द्दा फैसला गर्न आफैंले केहि महिना पछि धकेल्नु पहल गर्नु भएको हो। अब फेरी यो बिधान अहिले, यो समयमा बनेको पनि होइन। निर्वाचन आयोगले बनाएको पनि होइन। करिब एक वर्ष पहिला बनेको बिधानमा अहिले सम्म दावी नगर्ने अनि अहिले नै दावी किन? आफैं अदालत जाने, आफैं मुद्दा फैसला गर्न पछाडि धकेल्न निवेदन गर्ने, फेरी उम्मेदवार भएर आफैं आउने अनि आफैं बिधान अनुसार गर्न सल्लाह दिने र फेरी अर्को विकल्पको तयारि गर्ने, यसका पछाडी के कारण हो ? ठिक छ सालजी नै निर्चान प्रमुख भएको भए अनि उहाँको ठाउँमा हामी मध्ये कोहि भएको भए उहाँको निर्णय गर्ने बिधि के हुने थियो ? निर्णय के हुन्थ्यो त?

११. एउटा संस्थाको बिधानमा तोकिएको अनुसार निर्वाचन गराइएको हो, गतिबिधि अगाडि बढाइएको हो। ४२० भन्दा धेरै उम्मेदवारलाइ अन्याय नहुने केवल केहि उम्मेदवारहरुलाई मात्र अन्याय हुने इतिहासको नजिरले संथाको संस्थागत विकासमा सोचनीय कुरा अगाडि ल्याएको छ।

१२. केवल केहि व्यक्तिका कुराले सिंगो संस्था र सयौं उम्मेदवारहरु गुम्राहमा किन राख्ने ? उनीहरुको अधिकार विधामा उत्तिनै छ जति अध्यक्षका उम्मेद्वारहरुको छ। एउटा व्यक्तिको कुराले सिंगो सिष्टम रोकिनु ठिक हो या के हो? यसको विकल्प के हुने त?

१३.संघको अन्तराष्ट्रिय परिषदको बिधान पनि पढियो र त्यहाँ पनि थुप्रै कुरा सहज छैनन्। तर पनि सहज रुपमा निर्वाचन अगाडि बढाइयो, बढ्यो। धेरै सहयोग र सहजता गरिदिनु भएकोमा संघका अन्तराष्ट्रिय परिषद अध्यक्ष कुमार पन्त धन्यवादका पात्र हुनुहुन्छ।

१४. यहाँनेर विभिन्न भ्रम र कुरा बाँडेर कथा बनाउने होइन। फेरी पनि निर्वाचनलाइ प्रभावित गर्न केहि गतिबिधि भएमा या सो अवस्था आएमा के गर्ने? आज उम्मेदवारहुनेहरु, मतदाताहरु या अरु कोहि भोलि निर्वाचन कमिटीमा हुनुहोला अनि के हुन्छ ? अरुले गर्दा बिरोध गर्नेले आफूलाइ त्यो ठाउँमा राखेर किन हेर्नुहुन्न?

अब अन्तमा, यहाँ चुनावी मैदानमा रहेका ४२० भन्दा धेरै अन्य पदका उम्मेदवरहरु, संघका पदाधिकारीहरु, संघका सबै तहका अग्रज, अन्तराष्ष्ट्रिय पदाधिकारी लगायत २०,१३९ जना मतदाता, पत्रकार, कानुन ब्यबसायी सबैलाई प्रश्न, के तपाइँ आफू यो हाम्रो निर्वाचन गराउने जिम्मेवारीमा भएको भए यो मुद्दामा के निर्णय गर्नुहुन्थ्यो?

एनआरएनए एनसीसी अमेरिका संबन्धित समाचार हेर्नको लागि:

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवारमा ४ जना मात्र लाम्सालको उम्मेदवारी रद्द

एनआरएनए अमेरिका:उम्मेदवारहरुको दोश्रो लिष्ट प्रकाशित, अध्यक्षका उम्मेदवारहरुको नाम बाँकी

एनआरएनए एनसीसी अमेरिकाको उम्मेदवारहरुको पहिलो लिष्ट प्रकाशित, नाम सहित 4 Days ago

एनआरएनए अमेरिकाको अन्तिम मतदाता २०,१३९ जना, उम्मेदवारी मनोनयनको सूचना सहित

एनआरएनए एनसीसी अमेरिकाका निर्वाचन आयोगका प्रमुख विश्व बरालसँग कुराकानी

एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन तालिका प्रकाशन, मे २९-३० मा निर्वाचन

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले निर्वाचन आचार संहिता प्रकाशित गरेको छ