तस्बिर साभार वेब

सुस्त मनस्थिति महिलामाथि सामूहिक बलात्कार

Hollywood Khabar August 22,2019 Comments

७ भाद्र धनुषा।धनुषामा एक सुस्त मनस्थिति भएकी महिलामाथि सामूहिक बलात्कार भएको छ।धनुषाधाम नगरपालिका–३ की सुस्त मनस्थिति भएकी महिलालाई स्थानीय दुई युवाले बिहीबार राति उठाएर सबैला नगरपालिका–५ मखनहामा रहेको जंगलमा लगेर सामूहिक बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले धनुषाधाम नगरपालिका–३ का २० वर्षका सुनिलकुमार मण्डल र  १८ वर्षीय इन्दल मण्डललाई पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक सन्त जयसवालले जानकारी दिनुभयो ।पीडितले दिएको जाहेरीका आधारमा दुवै युवकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।