-चिरन्जीवी ढकालको दरवारटाइम्समा पोष्ट गरिएको कविता/१२/१४/२०

स्वास्नी त कमरेड ! अर्कैकी ठीक

Hollywood Khabar December 13,2020 Comments

-चिरन्जीवी ढकालको दरवारटाइम्समा पोष्ट गरिएको कविता/१२/१४/२०

 

न सारी पाइन भन्ने कचकच,

न दारी बिझायाे भन्ने खसखस,

न घर ढिलो आइस् भनेर झगडा,

न अर्की जिस्काइस् भनेर लफडा,

तन टाढा भए नि मन नजिक !

स्वास्नी त कमरेड ! अर्कैकी ठीक !!

 

अफिस गयाे, हस्ताक्षर दन्कायाे,

फाेन गर्याे, पाेइ बाहिर छ भन्ने पत्ता लगायाे,

उनकाे काेठामा पुग्याे, मासु चिउरा खायाे,

टिभीकाे आवाज बढायाे, तबला बजायाे,

मान्छेलाई मंसिर, कुकुरलाई कात्तिक,

स्वास्नी त कमरेड अर्कैकी ठीक !!

 

शेयर किन्छिन्, मलाई नै फाइदा !

सर्वस्व दिन्छिन्, मलाई नै फाइदा !

स्वास्नी अर्कैकी, खर्च अर्कैकाे,

मैसँग आउँछिन्, मलाई नै फाइदा !

उसकाे पाेइकाे खर्चमा विश्व घुमियाे,

अमेरिका पुगियाे, KFC खाइयाे,

रसिया पुगियाे, भाेड्का चिरप्याइयाे,

दुबई पुगियाे - उँट चढियाे,

युराेप घुमियाे, काखैमा लडियाे !

भुक्का लागे भन्न पाइयाे - बेबी ! पैसा झिक !

स्वास्नी त कमरेड ! अर्कैकी ठीक !!