https://www.youtube.com/embed/Ziqd84iNcko

प्रवासी नेपाली मंच अमेरिकाका प्रभु थापासँग कुराकानी

Hollywood Khabar March 29,2017 Comments

प्रवासी नेपाली मंच अमेरिकाको दोश्रो अधिवेशनको अन्तिम तयारी पुरा भएको छ। मार्च ३१ देखि अप्रिल २, २०१७ बाल्टीमोरमा हुन लागेको सो अधिवेशनमा नेपालबाट पूर्व मन्त्रीहरु पृथ्वी सुब्बा गुरुग प्रमुख अतिधि, खगराज अधिकारी अतिथिको रुपमा आउनुहुने छ। यसबाहेक अमेरिका स्थित गैर आवासीय नेपाली संघ अमेरिका, जनसम्पर्क समिति अमेरिका, जनजाति महासंघ अमेरिका लगायत  अन्य संघ-संस्थाका प्रतिनिधिहरु समेत आमन्त्रित छन्। 

अमेरिकाको २४ राज्यहरुमा राज्य समिति बिस्तार गरिसकेको मंचका ६ हजार भन्दा धेरै साधारण सदस्य, १५०० जति कृयासिल सदस्य रहेका छन्। १५०० कृयासिल सदस्यहरुबाट छानिएर आएका २५० जति प्रतिनिधिहरुले सो अधिवेशनमा भाग लिनेछन। सोही अधिवेशनबाट आगामी तीन बर्षको लागि नयाँ नेतृत्व समेत  चयन  हुनेछ।

यसै प्रसंगमा मंचका महासचिव तथा आगामी नेतृत्वमा अध्यक्षका आकांक्षी प्रभु थापासँग संस्थाको दोश्रो अधिवेशन र हाल सम्मका प्रगति अनि आगामी योजना लगायतका बिषयमा गरिएको यो स्काई फोरम प्रस्तुत छ।