-तामाङ को-अप्रेशन सोसाइटी अफ क्यालिफोर्नियाले जनवरी २५ मा सोनाम ल्होछार मनाउदै

तामाङ को-अप्रेशन सोसाइटी अफ क्यालिफोर्नियाले जनवरी २५ मा सोनाम ल्होछार मनाउदै

Hollywood Khabar January 05,2020 Comments

तामाङ को-अप्रेशन सोसाइटी अफ क्यालिफोर्नियाले यस बर्ष आगामी जनवरी २५ तारिख शनिवारको दिन सोनाम ल्होछार मनाउनको लागि भव्य तैयारी गर्दै गरेको छ।

हरेक बर्ष झै यस वर्ष पनि तामाङ को-अप्रेशन सोसाइटी अफ क्यालिफोर्नियाले जनवरी २५, २०२० शनिवारको दिन सोनाम ल्होछार मनाउन गयारी गरेको छ। तामाङ समुदायहरुको महान पर्व सोनाम ल्होछार तथा नयाँ बर्षको अबसरमा भब्यताका साथ २०२० जनवरी २५ तारिख शनिबारका दिन 850 Judah St San Francisco मा बेलुकी ५ बजेदेखी शुरु हुने भएको छ ।

प्रवासमा रहेर पनि आफ्नो भाषा,संस्कृति र परम्परा अनुसारको चाडपर्व मनाउन पाउनु सिङ्गो नेपालीहरुको निम्ति गौरव भएको र ज़िम्मेवारी पनि हो भन्ने महसुसका साथ तामाङ को-अप्रेशन सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष प्रेम लामाले सम्पूर्ण सन्फ्रान्सिसको बे एरियाबासी नेपाली समुदायलाई उपस्थित भई सहयोग गरिदिनु हुन अनुरोध गर्दै चुल्हो सबै सामुदायिक सदस्यहरुलाई चुल्हो निम्तोको समेत आह्वान गरेका छन् ।

साथै यसै सन्दर्भमा सोनाम ल्होछारको अवसरमा संस्थाले हाल नेपालको हिमाली भेग दोलखामा परिरहेको हिमपात र हिउको चिसोले बालबालिकाहरुलाई परिरहेको प्रभाव तथा असरलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा अध्ययनरत तामाङ समुदायमा बसोबास गर्ने १०० जना बालबालिकाहरुलाई केहि न्यानो लताकपडा समेत प्रदान गरिने घोषणा समेत गरेका छन्।