https://www.youtube.com/embed/pBJcmXMDAcM

नाई नभन्नु ल ४ कि कलाकारको देउडा नाँच- तम्लाइ चट्ट सलाम छ

Hollywood Khabar January 23,2017 Comments

नाई नभन्नु ल ४ मा अभिनय गरेर राम्रो मायाँ बटुलेकि कलाकार याङशु श्रेष्ठले देउडा गीतमा नृत्य गरेर अहिले सांगीतिक बजार तताएकी छिन् । केहि महिना अगाडी समिर आचार्य र टिका प्रसाईको आवाजमा बजारमा आएको गीतको हालै निर्माण भएको कभर भिडियोमा याङशु संगै सबिन भुषाल,सर्चिता के.सी,दिपेश महरा,अञ्जली बुढाथोकी र किरण कुवँर आफ्नो नृत्य कला देखाएका छन् । दाङ जिल्लाका बिभिन्न रमणिय ठाउँहरुमा सन्देश शाहले गीतलाई न्याय दिएर खिचेका छन् । किरण कुवँरको कोरियोग्राफी रहेको भिडियोलाई सन्देशले नै निर्देशन र सम्पादन गरेका हुन् ।

समिर आचार्यको शब्द र संगीत रहेको गीतको ओरिजिनल भिडियोमा निराजन,नम्रता र पवन नाँचेका छन् । आफुले सोंचेभन्दा धेरै राम्रो भिडियो बनेको समिरले बताएका छन् । “मोफसलमा पनि यती राम्रो भिडियो निर्माण हुन सक्दोरैछ म आफैमा दङग छु” समिरले बताए । प्रस्तुत भिडियोले गीतको उचाई अझै माथी पु¥याउनेमा समिर विश्वस्त छन् । दाङमा रहेर सांगीतिक क्षेत्रमा सक्रिय कल्पना श्रेष्ठको पहलमा यस्तो राम्रो भिडियो बनेको बताउँदै उनले कल्पना लगायत सम्पुर्ण सहयोगीलाई धन्यवाद समेत दिए । कामको शिलशिलामा हाल अष्ट्रेलियामा रहेका समिर डेढ दशकदेखि संगीत कर्ममा सक्रिय छन् ।