-तमु समाज नर्दन क्यालिफोर्नियाको तमु ल्होछार च्यु ल्हो २०२०

तमु समाज नर्दन क्यालिफोर्नियाको तमु ल्होछार च्यु ल्हो २०२०

Hollywood Khabar November 23,2019 Comments

कृष्ण के सी/अमेरिका/११/२४/१९

तमु समाज नर्दन क्यालिफोर्नियाको तमु ल्होछार च्यु ल्हो जनवरी ११, २०२० शनिवारका दिन सान फ्रान्सिस्कोमा आयोजना गरिएको छ।

तमु समाज नर्दन क्यालिफोर्नियाले आफ्नो स्थापनाकाल देखि नै तमु ल्होछार कार्यक्रमको आयोजना गर्दै आएको छ। यस बर्षको तमु ल्होछार च्यु ल्हो आगामी जनवरी ११, २०२० शनिवार सान फ्रान्सिस्कोमा आयोजना गरिएको कुरा आयोजक संस्थाले जनाएको छ। सँस्थाका अध्यक्ष चन्द्र गुरुङले हलिउडखबरलाइ दिएको जानकारी अनुसार कार्यक्रम तमु ल्होछार च्यु ल्हो अर्थात मुसा वर्ष आगामी जनवरी ११, २०२० शनिबार आयोजना गरिएको छ।

850 Judha Street, San Francisco, California मा हुने ल्होछारमा कलाकार ज्योति गुरुङका साथमा अन्य थुप्रै मनोरन्जनात्मक प्रस्तुति समेत हुने छन। आयोजक सँस्थाले सान फ्रान्सिस्को बे एरियामा रहेका सम्पूर्ण नेपाली समुदायहरुलाई हार्दिक निमन्त्रणा गरेको छ।