हलिउडखबर, तनहुँ, १२/२/२०
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफ्नो पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीप्रति आपत्ति प्रकट गरेका छन। तनहुँको व्यास नगरपालिकाको जोड्ने बुल्दी खोलामा निर्माण सम्पन्न पुलको उद्घाटन गर्न जाने क्रममा नेता पौडेललाइ प्रहरीले दुव्र्यहार गर्दै गिरफ्तार गरेको छ। साथमा तनहुँ जिल्लाका पार्टी सभापति समेत गिरफ्तार भएको स्वयं पौडेलले जनाएका छन्।
डिसेम्बर २, २०२० बुधबार पुलको उद्घाटन स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरेपछि नेता पौडेल उद्घाटन गर्न गएका बखत सो घटना भएको हो। घटनाको पार्टी सभापति देउबाले आपत्ति जनाएका छन्। तर तनहुँ प्रहरीले भने नेता पौडेलले निषेधाज्ञा उल्लंघन गरेको भन्दै पक्राउ गरेको बताएको छ।