साङ्केतिक तस्बिर:साभार वेब

टर्की र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने पोखरेल पक्राउ

Hollywood Khabar February 22,2020 Comments

११ फागुन काठमाडौं।टर्की र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने कमलप्रसाद पोखरेललाई प्रहरीले पक्राउ गरेको छन्। महानगरीय अपराध महाशाखा, काठमाडौंबाट खटिएको टोलीद्वार उनी टेकुबाट पक्राउ परेका हुन्।विभिन्न समयमा उनले ३२ जना व्यक्तिहरुबाट टर्की र ग्रीस पठाइदिन्छु भन्दै करिब ४० लाख रुपैयाँ ठगी गरेका थिए।प्रहरीले जनाए अनुसार उनलाई ठगी गरेको जाहेरीको आधारमा पक्राउ गरिएको हो। 

उनी आकर्षक तलबको प्रलोभन देखाई पैसा असुल गरि फरार भएका थिए।पोखरेलबाट ठगिएका गोपि राम पराजुलीले प्रहरीमा दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो।प्रहरीले जनाएअनुसार पक्राउ परेका पोखरेललाई आवश्यक अनुसन्धान तथा कारबाही गर्न वैदेशिक रोजगार विभाग पठाइएको छ।