-Birendra Tiwari

तिहार, नेपाली रंगिन चाड र कृषिको प्रसङ्ग

Hollywood Khabar November 04,2018 Comments

वीरेन्द्र तिवारी, कृषि विद्यार्थी, IAAS, Lamjung, ५ नोवेम्बर २०१८

नेपालीहरुको दशै हर्ष उल्लासका साथ मनाए लगत्तै आर्को महान पर्व सुरुवात हुन्छ, तिहार। जस्लाइ यम पन्चक पनि भनिन्छ। दिपावली, यमपन्चक अर्थात तिहार एउटा विशेष उत्साहजनक चाड हो। हिउँदका शुरुवाती दिनहरुको प्रतिनिधित्व गर्ने यो पर्वलाई उज्यालोको पर्व अर्थात बत्तिहरुको चाडका रुपमा पनि चिनिन्छ। यम पन्चक धुमधामसंग पाँच दिन सम्म मनाइन्छ।

तिहारमा प्रयोग गरिने मखमली फुल, सुपारी फुल, ओखर, दुबो , पुजा गरीने काग, कुकुर, गाई, गोरु कृषिका अभिन्न पाटाहरु हुन। यस लेखमा महान चाड तिहारसगं जोडिएका महत्त्वपूर्ण कृषि दृष्टिकोणलाई केलाउने प्रयास गरिएको छ।

तिहारको पहिलो दिन कागको पुजा गरिन्छ। यस दिन कागलाइ सम्मानका साथ पुजा गर्ने र खानेकुरा दिने चलन रहेको छ। आकाश मार्गबाट छिटो सन्देश ल्याउने काग एउटा वाठो पन्छी हो र यस्ले हाम्रो वालीनालीमा भएका दुर्गुणी किराफट्याङ्ग्राहरुलाई खाईदिएर अन्न उत्पादनमा र माशंजन्य फोहेरहरुखाईदिएर सरसफाईमा सहयोग गर्दछ ।

तिहारको दोश्रो दिन कुकुरको पुजा गरिन्छ। यस दिन कुकुरलाई मिठा खानेकुरा दिएर, थरिथरिका मालाहरु लगाइदिएर पुजा गर्ने गरिन्छ।नेपाली समाजमा कुकुरहरु जनावर पालन अनि कृषि कार्यका लागि सदियौंदेखि मानव समाजसंग नजिक छन् चाहे त्यो लेकमा चौरीहरुलाई डोर्याउने भोटे कुकुर होस या खाना खाएर चुठ्न निस्कँदा पुच्चछर हल्लाउँदै आउने स्थानीय नश्लका छाडा कुकुरहरु हुन्, हाम्रो घर गोठ अनि वालीनालीको

पुस्तैनी रखवालाहरु यिनै हुन्। यिनीहरुमा असाधारण सुँघ्नसक्ने क्षमता हुन्छ अनि प्राकृतिक प्रकोप आउनुपूर्व नै यिनिहरुले आफ्नो ब्यवहारमार्फत यी कुराहरुको पूर्वसुचना स्वरूप संकेत दिनेगर्दछन् । हिन्दु ग्रन्थहरु रिगवेद, महाभारतमा पनि कुकुरको महत्त्वको बारेमा प्रष्ट लेखिएको छ। शास्त्रमा मात्र होइन आधुनिक यूगको इतिहासमा पनि सर्वप्रथम पृथ्वीको कक्ष बाहिर परिक्रमागर्दै अन्तरिक्षमा सन् १९५७ मा लाइका नामक कुकुर पुगेको हो।

तिहारको तेस्रो दिन लक्ष्मी पुजा गरिन्छ। यस दिन गाईलाई लक्ष्मी माताको रुपमा पुजा गर्ने गरिन्छ। हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रगंको पूरापूरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर, केराका थम्बाहरुले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारीएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेलरोटी, अर्सा अनि अर्नसाको वासना। आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ ।

केराका खाँबाहरु अर्थात थम्बाहरुलाई वैदिक सनातन हिन्दु संस्करमा अत्यन्त महत्वपूर्णरुपमा लिइन्छ। विशेषगरि विवाह, व्रतवन्ध, पूराण या अन्य शुभकार्यमा अनिवार्यजसो केराका एकजोर खम्बाहरुलाई मुलद्वारमा राख्ने गरिन्छ ।

यम पन्चको चौथो दिन प्राचीन नेपाली समाजमा यातायात अनि कृषि कार्यका प्रमुख आधारको रुपमा रहेको गोरुको पुजा गर्ने गरिन्छ। काग, कुकुर गाई हुँदै यस दिन प्राचिन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषि प्रधान देश नेपालमा आजको दिनले अाफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरूमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्वका कारण सम्झिने गरिन्छ।

यसकासाथै अाज कृषि औजारहरुको पनि पुजा गरिने दिन हो। श्रावणमा खेत जोतेर राखिएको हलो बिचबिचमा खेतबारी खोस्रन निकालिने गरिन्छ र हलोसँगै हलगोरु पनि जोतिइरहेका हुन्छन् । आजको दिन यि हलगोरु अनि हलोको पूजा गर्ने दिन हो। आजको दिन कृषि कार्यका यी सम्पूर्ण उपकरणहरु लगायत गोठ, पराल अथवा खानेकुरा दिइने

नादी, कुटी काट्ने कचिया (गँणासी) इत्यादीको पूजा गरिन्छ।

तिहारको रौनक उत्कर्षमा पुग्दै गर्दा पाचौं दिन भाइटिका हो। इन्द्रेणीको सातै रङ्गको प्रतिक टिका, कहिल्यै नअोइलाउने सुपारी फुलका मालाहरु, अमिलो रसिलो भोगटे तथा बिमिरो लगायतका फलहरु, झिलीमिलि बत्तिहरु अनि झिल्केमिल्के कागज, कपडा तथा प्लाष्टिकबाट बनेका तोरणका सजावटहरु। काग, कुकुर, गाई, गोरु सबैलाई पूजा गरिसके पछि यस दिनको पालो दाजुभाईको पूजा गर्ने । सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीवल, छोहडा, मिठार्इ, मरमसाला लगायतका खानेकुराहरु सहित दिदीवहिनीले दाजूभाईको पूजागर्ने चलन छ।

यस दिन दाजुभाइलाई पुजा गर्दा तोरिको तेल हरियो दुवो, फुल, धानलाइ भुटेर तयार पारिएको लाभा, विमिरा, ओखर प्रयोग गरिन्छ र कहिलै नओइलाउने मखमली अथवा सुपारी फुलेको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजुभाइको आरोग्री अनि दिर्घायुको कामना गर्ने चलन छ।

मानव ब्यवहार एउटा ऐनाजस्तै हो, हामीले जस्तो ब्यवहार गर्छौ त्यस्तै प्रतिविम्बस्वरुप ब्यवहार पाँउछौ पनि। यस पृथ्वीका हरेक जनावरहरुलाई हाम्रो माया र सदाचारको खाँचो छ र शायद तिहारका यमपञ्चकका दिनहरुले हामीलाई यहि सिकाउन खोजेका हुन्।

विज्ञानले पनि ईको सिस्टमकारुपमा हरेक प्राणीहरुको अस्तित्व एकअर्कासंग सम्बन्धित रहेको देखाएको छ । माया दिऔ, माया बाँडाै अनि माया पाँऔ, सबैको मङ्गल होस, शुभकामना !