https://www.youtube.com/watch?v=dm-nEAxDc6E

दोहोरी गायक बद्री पंगेनी र गायिका पुजा क्षेत्रीको आवाजमा यसपालिको तिज गीत मेरो मायालुु सार्वजनिक

Hollywood Khabar August 11,2021 Comments


चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी र गायिका पुजा क्षेत्रीको तिज गीत “मेरो मायालुु” बजारमा आएको छ । नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा शुभकामना सहित उक्त गीत बजारमा आएको  हो ।  बद्री पंगेनीले आवाज दिएका तीज गीतहरु चर्चित छन् ।

गीतमा बहुचर्चित सर्जक शिब हमालको लय तथा शब्द रहेको छ । बद्री पंगेनी र गायिका पुजा क्षेत्रीले आवाज दिएको उक्त गीतमा लोकप्रिय मोडल शंकर बि.सी., करिश्मा ढकाल र सुजन बाबु क्षेत्रीको अभिनय रहेको छ । सामाजिक र एक प्रेमी प्रमिका बीच माया पिरतीको कहानीमा जोडिएको तीज गीतमा निर्देशन भने मोडल शंकर बि.सीले गरेका हुन् ।

राजेश घिमिरेको छाँयाकन र नबिन घर्ति मगरको सम्पादन रहेका म्यूजिक भिडियो निकै उत्कृष्ट बनेको छ । उक्त गीत “मेरो मायालुु” एक्सिस् इन्टरटेन्मेन्ट युटूव च्यानल मार्फत बजारमा आएको छ ।