-Suchana Timalsina

के गर्ने तीज मनाउने ? कहिल्यै दुविधामा थिइन तर यो पालामा परेँ

Hollywood Khabar September 07,2021 Comments

-सुचना तिमल्सिना, ललितपुर, सेप्टेम्बर ८, २०२१

पृष्ठभूमि

म बाउन परिवारमा जन्मिएकी हुँ। मेरो परिवारले प्रत्येक वर्ष तीज मनाउदै आएको छ। मैले पनि वर्षैपिच्छे तीज मनाउदै आएकी छु। तीज मनाउने कुरामा म कहिल्यै दुविधामा थिइन। तर यो पालामा म दुविधामा परेँ।

के गर्ने तीज मनाउने ?

साँचो भन्दा नढाँटी भन्दा म पनि अरु जस्तै छु। अरु गरगहना लाउदा शान ठान्छन्। म नलगाउदा ठान्छु। तर शान ठान्ने काम हामी सब गर्छौ। अरु भगवानसँग वर माग्नु पर्छ भन्छन्। म माग्न पर्दैन भन्छु। तर दुवैको चुरो उही हो। म कुनै आदर्शको पक्षपाती छु र अरु कुनै आदर्शको छन्। गर्नुपर्छ वा गर्न हुँदैन दुवै संस्कार हुन् । नयाँ वा पुरानो दुवै संस्कार हुन्।मोडिएको वा पहिलेदेखि आएको संस्कार नै हो। त्यसैले हामी कोही भिन्न छेनौ। पुरानो पुस्ता वा अहिलेको पुस्ता सबै उही हो। मात्र हामीले समातेको संस्कार फरक हो।

साँचो भन्दा नढाँटी भन्दा म पनि अरु जस्तै छु। बेलाबेलामा किन फरक छु भनेर देखाउन खोज्छु होला? जब कि भन्न खोजेको कुराले उही देखाउछ।जस्तो कि साथी तीजमा मेकअप छोड्न सक्दिन भन्छे। जाबो त्यति मेकअप छोड्न नसक्ने टिप्पणी गर्छु र भन्छु म त मात्र तीज मनाउने। हामी दुवैले केही न केही समातेको कुरा सही हो। उसले समातेको मेकअप मैले समातेको तीज मनाउने कुरा उस्तै। तर किन म उसलाई फरक देख्छु ? मात्र एक फरक छु भन्ने भ्रमात्क संस्कार। त्यसैले कोही फरक नै छैन। भन्न खोजेको कुरा मात्र फरक। शरीर अनुसारको अनुभव मात्र फरक ? थाहा भएर पनि बेला बेलामा यो कुरा किन भुलिरहन्छु ?

समाज संस्कार तोडमोड गर्छ। समाज संस्कार फरक बनाउनुपर्छ भन्छ। तर जे गरेपनि समाज संस्कारमा अल्झिरहन्छ। नभने पनि संस्कार तोडमोड हुन्छ। किनकी परिवर्तन सर्वव्यापी क्रिया हो। प्रतिफल हो। फेरी समाज संस्कार भत्कियो भन्छ। मिलाउन पर्छ भन्छ। छाँटकाँट गर्नुपर्छ भन्छ। अँ तीजको कुरा गर्दै थिएँ होइन। तीज मनाउने वा नमनाउने?

आजकल दर खाने कुरामा तीजको संस्कार मिलाइयोस भन्दैछन्। हिजो अर्कै कुरा थियो । भोली अर्कै कुरा आउनेछ । त्यसोभए के संस्कार नै गलत हो ? फ्याट्ट उत्तर दिन म मान्दिन। तर मलाई उत्तर पक्का थाहा छ । किन ? किनकी उत्तर दिने पनि मसँग संस्कार छ । जसरी बच्चा बेलादेखि एक संस्कार छाडेर अर्को टिप्दै आएकी छु। यसरी एक छाडेर अर्को टिप्ने कुरालाई मैले आधुनिक मानेकी छु। आधुनिक हुनुपर्छ भन्ने पनि संस्कार हो। संस्कार किन चाहियो ? मैले कहिले प्रश्न गरिनँ। कहिलेकाहीँ गरेँपनि त्यो प्रश्न आफ्नै सुरक्षाको लागी थियो ।

मैले एउटा लेखमा अरुको पछि लाग्दा अरुको घर पुगिन्छ भनेको थिएँ। पाठक पनि सहमति हुनुभयो। म पनि मख्ख परेँ । म अरु जस्तै छु भने, म अरु भन्दा भिन्न छैनन् भने अरु भनेको को हो ? अरु भनेको संस्कार होइन र ? संस्कार भए, म र मेरो संस्कार भन्ने को हो ? म भनिरहने पनि संस्कार हो, होइन र ? म पात्र मैभित्र संस्कारित हुन तल्लिन छ । म संस्कारित हुन संस्कार टिप्दै छु। म संस्कारमा टिप्पणी गर्दै छु। म संस्कारभित्र अल्झिरहेछु। किनकी म नै संस्कार हुँ । संस्कार नै म हो । अब संस्कारले तीज मनाउने वा नमनाउने जे टिप्पणी गरेँ पनि निस्सार हुनेछ।

निष्कर्श

संस्कार मनाउने वा नमनाउने निर्क्योलका लागी मपात्र अर्थात संस्कार संस्कारबाट बाहिर आउनुपर्ने हुन्छ । नत्र फेरी मनाउने वा नमनाउने जुन कुनै निष्कर्श पुनः संस्कार बन्छ।

नोट: लेख डाक्टर डेभिडले जय कृष्णमूर्तिकारसँग गरेको कुराकानाीबाट प्रभावित भएर लेखिएको हो।

सुचनाका अरु लेखहरु

घाउ बोल्छ मान्छे बोल्दैन, घाउ पीँडा हुँदै आगो बन्छhttps://www.hollywoodkhabar.com/suchana-ghau-timalsina

मन पराउनेहरु मन पराउन नपराउनेहरु नपराउन अड्केका, गन्तव्य एउटै बाटो नमिलेर विचारहरु विचारमग्न

मन पराउनेहरु मन पराउन नपराउनेहरु नपराउन अड्केका, गन्तव्य एउटै बाटो नमिलेर विचारहरु विचारमग्न

भ्यालेण्टाइन डे बिशेष: हेल्लो देअर

बल्दा बल्दा थकित राम्रो ऊ नराम्रो बनेर पछारिन्छ गल्दा गल्दा राम्री म नराम्री बनेर थच्चारिन्छु

कहिलेकाहीँ कपाल छाडेर फोटो खिच्न मन लाग्छ, कहिले पुरै चिन्डे बनाएर काटिदिउ झैँ

उपद्रो मन

कहिलेकाहीं म लेख्दा लेख्दै अड्कन्छु, अर्कोको पछि लाग्दा अर्काकै घर पुगिन्छ

कहिलेकाहीँ कपाल छाडेर फोटो खिच्न मन लाग्छ, कहिले पुरै चिन्डे बनाएर काटिदिउ झैँ