-बाल्टिमोरमा तीन घुम्ती चलचित्र प्रदर्शन हुने

बाल्टिमोरमा तीन घुम्ती चलचित्र प्रदर्शन हुने

Hollywood Khabar January 15,2020 Comments

नेपालमा हामी सबै नेपालीको लागि गौरवको विशाल परियोजना संपन्न हुँदैछ।

धुर्मुस सुन्तली फाउन्डेशनद्वारा चितवनमा निर्माण भइरहेको गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य संपन्न गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यले यही फेब्रुअरी २ देखि ९ सम्म पण्डित दिनबन्धु पोखरेलको पुराण वाचन सहित धन-धान्याचल (महायज्ञ) लगाउने कार्यक्रम रहेको छ।

राष्ट्रिय गौरवको यो परियोजनालाई सहयोग गर्न चितवन समाज अमेरिका (डीसी मेट्रो क्षेत्र) ले पनि धन-धान्याचल (महायज्ञ) को लागि आर्थिक सहयोग संकलन कार्य शुरू गरेको छ।

उक्त अभियानलाई थप सहयोग गर्न हामीले नेपाली साहित्यका मूर्धन्य साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाको कालजयी उपन्यासमा आधारित र बाबुराम ढकालद्वारा निर्देशित चलचित्र तीन घुम्ती प्रदर्शन हुने भएको छ।

सम्पर्कको लागि:

आनन्द कृष्ण घिमिरे

अध्यक्ष

410-949-0144

विष्णु बराल

महासचिव

706-247-3855

मिति: January 26, Sunday

समय: सांझा झ ६ बजे

स्थान: Horizon Cinemas Beltway Plaza, 7660 Belair Rd, Baltimore, MD 21236