नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली

ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक आईजीपी मा नियुक्त

Hollywood Khabar February 10,2020 Comments

२८ माघ काठमाण्डौ।मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक आईजीपी मा नियुक्त गरेको छ।प्रदेश नम्बर १ को प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदै आउनु भएका ज्ञवालीलाई सरकारले मंगलबार प्रहरी महानिरीक्षक नियुक्त गरेको हो। ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका प्रहरी महानिरीक्षकको पद सम्हाल्नुहुनेछ।उहाँसँगै  सुदूरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका सूर्यप्रसाद उपाध्याय दावेदार हुनुहुन्थ्यो। 

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज मंगलबारदेखि उमेर हदका कारण अवकाश पाएपछिसँगै ज्ञवाली नयाँ महानिरीक्षकमा नियुक्त हुनुभएको हो।पूर्व आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उहाँका ब्याचका  डीआईजीहरुले सेवाहदका कारण अवकाश पाएका छन् । 

अवकाश पाउनेमा डीआईजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पिताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का रहनु भएको छ । यस्तै, कमल जिटी, महेन्द्रकुमार पोखरेल, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापतिले अवकाश पाएका छन् ।