साङ्केतिक तस्बिर

थप ३२ जनामा कोरोना पुष्टिभएसंगै संक्रमितको संख्या ५४८ पुग्यो

Hollywood Khabar May 22,2020 Comments

१० जेठ काठमाडौं।थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५४८पुगेको हो।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तु मा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौको ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तु वाणगंगा नगर पालिकाका १७,१९,२२,२९,३५,४०,४२ वर्षीय पुरुष र २७ वर्षीय महिलामा, सर्लाही जिल्लाको गोडैता, कविलासी नगरपालिकाका १८,२०,२०,२०,२१,२२,२३,२६,२६,२८, ३३, ३५, ३५ वर्षीय पुरुष र बारा करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो।त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ।अधिकारीका अनुसार रुपन्देही जिल्लाको गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो। 

यसैगरी भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला,भरतपुरमा गरिएको परीक्षण मा ५२ वर्षीय एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।हालसम्म ७० जना संक्रमित निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ।