Hollywoodkhabar advertisement

संसारकै शक्तिशाली अमेरिकी FBI

कृष्ण के सी ३/२/१७
१९०८ मा स्थापना भएको अमेरिकाको सरकारी निकायमा मात्र होइन संसारको सबैभन्दा शक्तिशाली संस्था नै अमेरिकाको The FBI अर्थात Federal Bureau of Investigation मानिन्छ। FBI ले अमेरिकाभित्र र देशबाहिएर गरेर दुइ थरी अपराध अनुसन्धान र नियन्त्रण गर्छ। १०० बर्षभन्दा लामो इतिहास बोकेको यो अमेरिकी सरकारी संस्थाले थुप्रै कठिन केसहरुमा सफलाताहरु हातपारेको छ।
एक आंकलन अनुसार ३५ हजार भन्दा धेरै व्यक्तिहरु काम गर्ने ­FBI अमेरिकाको Department of Justice अन्तर्गतको एउटा शशक्त बिभाग मानिन्छ। तत्काल FBI ले सबैभन्दा बढी आतंकबाद नियन्त्र, भ्रष्ट्राचार, सबैखाले अपराध, साइबर क्राइम नियन्त्र तथा नागरिक अधिकार उल्लङ्घनका बिषय, ठुलाखाले चोरी-डकैती, हत्या जस्ता अपराधिक गतिबिधिहरुको अनुसन्धान र नियन्त्र गर्ने काम गर्छ।
FBI एजेन्टहरुले सेना र प्रहरीले जस्तै हतियार बोकेता पनि हतियारको प्रयोग गर्न भने अरु सुरक्षाका अफिसरहरु जस्तै नियम र कानुनद्धारा बाधिएका हुन्छन। अनुसन्धानमा FBI एजेन्टहरुले अदालतको स्वीकृतिमा वायरटेप गर्न समेत सक्दछन। अर्थात संकास्पद व्यक्ति या समुहको फोन/सामाजिक संजाल आदी ट्रयाक गर्ने र सुन्ने, व्यक्तखाता लगायत आर्थिक कारोबार लगायत धेरै कुराहरुको अध्यन/अनुसन्धान गर्न सक्छन।
अमेरिकामा ५६ वटा फिल्ड अफिस भएको FBI को हरेक मेजर सिटीहरुमा मात्र होइन पोर्टरिको लगायत बिश्वका ६४ देशमा पनि अफिस छ। अनुसन्धान र आवश्यकता अनुसार साना/अस्थायी/स्थायी अफिसहरु कामको प्रकृति हेरी कुनै पनि शहर/ठाउँमा खोल्न पनि सक्छ FBI ले। यसका ३८० वटा एजेन्सीहरु अमेरिकाको हरेकजसो शहरहरुमा छरिएर रहेका छन्।
हालसम्म विशवका ६ वटा क्षेत्रिय अफिस, ६४ देशहरुमा FBI का कानुनी रुपमा आबद्ध अफिस/संस्थाहरु र उपशाखासमेत जोडेर ७५ ठाउँमा स्थापित छ। यसबाहेक संसारका धेरै शहरहरुमा सयौं/हजारौं एजेन्टहरु पनि हुन सक्छन। शाखा र आबद्ध संस्थामार्फत अमेरिकी FBI ले बिश्वका २०० भन्दा धेरै देशहरुको समेत सुरक्षाका लागि काम गर्छ। यो अर्थमा पनि अमेरिकी राष्ट्रपति संसारका शक्तिशाली राष्ट्रपति र अमेरिका संसारको शक्तिशाली देश हो, अरु कुनै देशले यसो गर्न सकेका छैनन्।
विशवका अरु आफिसहरु होस्ट कन्ट्रिको राजदुताबाससंग आपसी सम्झौता र संयोजन गरेर राखिन्छ। अरु देशका अफिस हेर्न  International Operations Division छुट्टै छ। जसले फेडरल ल इन्फोर्समेन्ट एजेन्सी, इन्टरपोल लगायतसँग मिलेर काम गर्छ।
हालसम्मको कार्यक्षेत्र हेर्दा दक्षिण एसियामा जम्मा ५ देश मात्र बिशेष रुपमा हेर्नेगरी अफिसको कार्यक्षत्र देखिएको छ। पाकिस्तान हेर्ने दुइवोटा अफिसहरु पाकिस्थान मै छन् भने दिल्ली अफिसले अरु ४ देश भारत, भुटान, माल्दिभ्स र श्रीलंका मात्र हेर्छ। आन्तरिक कुरा थाहा नहुने भएता पनि नेपाल हेर्ने अफिस भने भेटिएको छैन, जुन अन्तरिक या सार्वजनिक नभएको पनि हुन सक्छ। अन्यथा हरेक अफिसले कुनकुन देश हेर्ने त्यो तोकिएको हुन्छ, नेपाल तेसमा परेको देखिएको छैन।
यो त एउटा सामान्य सार्वजनिक भएको सुचनाको जानकारी मात्र हो। तेस्ता धेरै संस्थाहरु छन् अमेरिकाका जसले संसारको अरु देशहरुको पनि सुरक्षा, बिकास र अरु धेरै काममा साथ दिनेगर्छ। अरु जे सुकै भएता पनि अमेरिकाको पहिला देखिको निगरानीमा दुइवटा शक्ति बिशेष छन्-नाजी र कम्यूनिष्ट। पछिल्लो समय बिशेषगरी ९० को दशक देखि अतिबादी मुश्लिम र अन्य आतंकबादी पनि जोडिएका छन। यी सबै सुचनाहरु गूगल र सम्बन्धित संस्थाको साइटबाट लिइएकाले तत्कालको डाटामा परिवर्तन भएका पनि हुन सक्छन।

ADVERTISEMENT-----