-द व्हाइट जोन क्यालिफोर्निया च्याप्टरमा नयाँ नेतृत्व

द व्हाइट जोन क्यालिफोर्निया च्याप्टरमा नयाँ नेतृत्व

Hollywood Khabar September 21,2019 Comments

आज Thewhitezone CA Chapter ले दिएको ज़िम्मेवारी बिवादरहित सफलता पुर्वक सम्पन्न भएको घोषणा गर्न पाउदा खुशी लागेको छ र यहाँ हरु लाई सबै लाई धन्यवाद दिन चाहन्छु ।

Thewhitezone CA च्याप्टपको AGM तथा नया कार्य समिती घोषणा कार्यक्रम सम्पन्न।नयां कार्यकाल २०२० -२०२१ को लागी नया टिमलाई सफल कार्यकालको लागी शुभकामना

१-अध्यक्ष हरी प्रशाद ओझा ( HP Ojha )

2-उपाध्यक्ष दोय , शारदा पराजुली र रवी सिंह बस्नेत

३-माहासचिव गंगा दत्त पौडेल ( G D )

४- सह-सचिव अभिषेक ज्ञवाली

५-कोषाध्यक्ष चाँदनी रायमाझी

६-सदस्य -हरि गौतम ।बाँकी कार्यसमितिको घोषणा Oct 6th, दशै धमाकामा गरीने छ।

सभापतिमा हरि ओझा

काशी नाथ ओझा तथा कौसल्या देवी ओझाको कोख वाट कान्छा सुपुत्र को रुपमा धनगडी चौराह मा जन्मनु भएका सभापति हरि प्रसाद ओझा का तिन दिदि र एक दाजु हुनुहुन्छ। अन्जली सुवेदी को श्रीमान तथा हरिंस ओझाका पिता हरि शान-फ्रान्सिस्कोमा युवा व्यवसायी को रुपमा पनि परिचित हुनुहुन्छ।

स्टोपिङ्ग स्टोन स्कुल वाट अध्यन सुरु गर्नु भएका हरि कैलाली मल्टिपल क्यम्पस,एसीई इस्टिच्युट अफ म्यानेजमेन्ट हुदै 'लिंकन युनिभर्सिटी ओकल्याण्ड क्यालिफोर्निया' वाट एम वि ए सम्मको अध्यन पुरा गर्नुभएको छ। द हवाइट जोन क्यालिफोर्निया को महा सचिव पद मा रही जिम्मेवारी पुरा गरि सक्नु भएका हरि सामाजिक सेवा मा सक्रिय हुनुहुन्छ। विधार्थी माझ लोकप्रिय हरी भिजनेवल सामाजिक लिडर को रुपमा परिचित हुनुहुन्छ।

निर्वाचन अधिकृत

श्रीराम थापा

सदस्य

१- टिका कुमार पुन

२-शागर श्रेष्ठ