द ह्वाइट जोनको दशैँ धमाका अक्टूबर १३ पन्चेबाजा घन्काउँदै मनाइने

Hollywood Khabar September 27,2018 Comments

कृष्ण के सी/अमेरिका
द ह्वाइट जोन, भन्ने बितिक्कै युवाहरुको सामाजिक संस्था, अलिकति फरक र युनिक काम गर्ने संस्था भनेर बुझिन्छ। यो पटक पनि द ह्वाइट जोनले पज्चेबाजाको नयाँ स्वाद सान फ्रान्सिस्को बे एरियामा पहिलो पटक दिने भएको छ।

क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा स्थापति द ह्वाइट जोनले बिगत ८ वर्ष देखि दशैँ फन र धमाका गर्दै आएको छ। यो बर्ष पनि द ह्वाइट जोनले दशैँ धमाका-९ औं कार्यक्रम अक्टुवर १३, २०१८, शनिबारका दिन आयोजना गरेको छ। प्राय जसो बर्कली मरिनालाइ आफ्नो स्पट मान्दै आएको द ह्वाइट जोनले यो पटक पनि धमाका-९ औं कार्यक्रमलाइ सोहि स्थान रोजेको छ।

परकिंगको कुनै समस्या नहुने, समुन्द्रको छेउमै रमाइलो पनि हुने बर्कली मारिनामा यो पटक पनि मिठो परिकार पस्कने भएको छ। यति मात्र होइन पन्चेबाजा समेत घन्कने भएको छ। बिहान ११ बजे देखि सुरु हुने दशैँ धमाकामा राफल, नानीहरुको लागि छुट्टै खेलहरु, लगायत थुप्रै मनोरंजनका इभेन्ट हुनेछन। द ह्वाइट जोनले सान फ्रान्सिस्को बे एरियाका सबै नेपालीहरुलाई कार्यक्रममा हार्दिक निमन्त्रणा गरेको छ।