-मेरो बाबा, लघुचलचित्र

ठोरीका देउजा सर्टमुभीमा व्यस्त

Hollywood Khabar March 17,2019 Comments

प्रेम लामा/ठोरी, ४ चैत्र
ठोरीका सन्तोष देउजा पछिल्लो समय लघू चलचित्र (सर्टमुभी) मा व्यस्त हुुन थालेका छन् ।

आफ्नै शब्दमा रहेको धेरै बर्षपछि देख्दा नामक म्युजिक भिडियोबाट अभिनय क्षेत्रमा इन्ट्रि गरेका देउजाले 'युवा नेता', 'द पेन' नामक लघुचलचित्रमा उत्कृष्ट भूमिका निर्वाह गरिसकेका छन् ।

सांगितिक क्षेत्रमा पछिल्लो समय सक्रिय गीतकार, संगितकार, गायककार तथा संचारउद्यमी हुँदै उनले लघुचलचित्रमा कुशल अभिनय गरी दर्शकको मन जित्न थालेका छन् ।

छोटो समयमा दर्शकको माया पाएका देउजाले मेरो बाबा नामक नयाँ लघुचलचित्रको छायांकन हालै सकाएको छ। बारा र मकवानपुर जिल्लामा छायाङ्कन गरिएको 'मेरो बाबा'को फस्ट लुक देउजाले आफ्नो फेसबुक एकाउन्ट मार्फत सार्वजनिक गरेका छन् । सन्तानको खुसीका लागी अभिभावकको संघर्षलाई कथाले देखाउन खोजिएको निर्देशक शावन शर्माले बताए।

चलचित्रमा बाल कलाकारको रुपमा छोरीको भूमिका प्रनिशा बस्नेतले निभाएकी छिन् । धेरैको मन जित्ने विश्वास गरीएको लघुचलचित्र यसै साता सार्वजनिक हुने देउजाले बताए । यस लघुचलचित्रको छायांकन बिएस मेकर्स स्टुडियोले गरेको हो ।