मुक्तककार  उषा  के .सी.

तिन मुक्तक

Hollywood Khabar July 24,2020 Comments

गरिबले पानी पिएनी  ढुङ्गा लाग्छ दातमा अचेल 
जीउँने कल्पनाले सधै निन्द्रा भाग्छ रातमा अचेल
हातमुख जोर्ने समस्यामा पसिनाको बिउ रोप्छन्न
तर महलकाले दु:खको फल माग्छ हातमा अचेल
ऽऽऽऽऽऽऽऽ
सत्यले उपाधी पाउछ कनिष्ठको सधै
असत्यले पगरी भिर्छ वरिष्ठको सधै
अचेल जता तता कुरौटेको तैनाथ छ
प्रगती हुन्छ देखाउने घनिष्टको सधै
ऽऽऽऽऽऽऽऽऽऽऽऽ    
सपना  रातमा  हैन दिनमा  देख्ने गरौं  
मुटुभित्र  राष्ट्रको  इतिहास  लेख्ने गरौं 
देशको सिमाना  मिची  छिमेकि  पस्दैछ
 लौन सरकार काढेतारले सिमाना छेक्ने गरौ