त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

विमानस्थलको आकाशमा ७ वटा अन्तरराष्ट्रिय जहाजहरु होल्ड 

Hollywood Khabar September 18,2019 Comments

२ असोज, काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको छ।दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए । भीओआर र डीएमई उपकरण १०ः४८ मा बिग्रिएको पछि ७ वटा अन्तरराष्ट्रिय जहाजहरु अवतरणको पखाईमा आकासमा होल्ड भइरहेका थिए।१२ः२० मा यसको मर्मत सकिएको थियो ।भीओआर/डीएमआईको रेडियो स्टेशनले फालेको सिग्नललाई पिछा गर्दै जहाजहरु विमानस्थलमा अवतरण गर्छन् ।आन्तरिक उडान भने सामान्य छन् ।