-सांकेतिक तस्विर

टीकापुर घटनाको प्रतिवेदन माग्दै सरकारलाई १५ दिने अल्टिमेटम 

Hollywood Khabar January 21,2020 Comments

८,माघ,काठमाडौं।थरुहट थारुवान राष्ट्रिय मोर्चाले सरकारलाई टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न १५ दिने अल्टिमेटम दिएको छ। मोर्चाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी    पूर्वन्यायाधीश गिरिशचन्द्र लाल र राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा  टीकापुर घटना छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो ।

२०७२ साल भदौ ७  मा टीकापुरमा भएको हिंसात्मक झडपमा ६ महिने बालक र ८ प्रहरीको मृत्यु भएपछि घटनामा संलग्न भएको ठहर गर्दै जिल्ला अदालतले कैलाली १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय सुनाएको छ भने केही नेता जेल बसेर छुटेका छन् ।मोर्चाले १० बुँदे माग अघि सार्दै १५ दिने अल्टिमेटम दिएको मोर्चाका संयोजक लक्ष्मण थारुले बताए ।मोर्चाले अहिले प्रधानमन्त्री तथा राजनीजिक पार्टीहरुलाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने, प्रचारात्मक तथा जागरण अभियान सञ्चालन गर्ने बताएको छ । माग पुरा नभए आन्दोलन गर्ने बताएको छ ।