TikTok

TikTok यूएस किन्ने माइक्रोसफ्टको प्रस्तावप्रति ByteDance को प्रतिक्रिया आएन

Hollywood Khabar September 13,2020 Comments

कृष्ण के सी/अमेरिका/९/१३/२०

ByteDance को चर्चित सोसल मिडिया एप TikTok लाइ यूएसबाट संचालन गर्ने प्रस्तावप्रति ByteDance ले कुनै प्रतिकृया दिएको छैन।

अमेरिकी सुरक्षा चुनौति भनिएको टिकटक सामाजिक संजालमा चर्चित एप किन्ने माइक्रोसफ्टको प्रस्ताव अन्तत स्वीकृत नहुने समाचार सिएनएनले दिएको छ। Microsoft (MSFT) को ब्लगलाइ हवाला दिंदै सिएनएनले जनाएको समाचार अनुसार माइक्रोसफ्टले डाटा प्राइभेसी लगायत सबै कुरामा उच्च सुरक्षा हुनेगरी पस्ताव गरेको थियो। तर सो पस्तावलाइ TikTok को होल्डिङ कम्पनि ByteDance ले भने कुनै प्रतिकृया दिएको छैन। सो प्रस्तावमा चर्चित Walmart समेत पार्टनर थियो।