-Ghanashyam Shrestha

तिम्रै मात्र झल्को

Hollywood Khabar July 17,2020 Comments

घनश्याम श्रेष्ठ/७/१८/२०

नौलो थिएन, कुनै तिम्रो आगमन,
तर किन आज, नौलो नौलो लाग्दैछ !
पहिले, पहिले लजाउथे, सार्है,
तर किन आज, आफै लाज, टाढा, भाग्दैछ !!

तिमि भित्रै रमाएर, भुल्ने रहर मलाई, लाग्दैछ,
तिम्रै हात समाएर, डुल्ने चाह, मन भित्र, जाग्दैछ !
हिजो अस्ति, जस्तो हैन मन, सार्है चंचल भाको छ,
तिमि नै हो, मेरो जिबन साथी, भन्न मन लाको छ !!

त्यसैले त होला, चंचल यति मन, तिमि सामु हुँदा,
बिर्सन्छु म आफै लाई, जब तिमि, मेरो साथमा छँदा !
सम्हालूं म आफै लाई, सम्हालिन्न, लौन अब, कसो गरूँ,
एकोहोरो, भई जान्छु म त, तिम्रै यादमा, भन बाँचु कि म मरुँ !!

कस्तो माया, बस्यो मनमा, आफै लाई, थाहा छैन,
तिमि सँगै जान्छु, भन्छ मन, वशमा मेरो छैन !
यता जाऊ कि, उता जाऊ, पर्यो दोसाँधमा मन,
तिम्रै मात्र, झल्को मनमा, आउँछ दिन रात, छिन छिन !!

मलाई जस्तै, तिमि लाई पनि, हुन्छ हुन्न भन,
टाढा हुँदा, तिमि बाट, एकोहोरो मन, रुन्छ झन् !
मैले मात्र, हो कि तिमि लाई, तिमिले नि हो, मन पराको,
मेरो जस्तो, तिम्रो पनि, छ कि छैन मन, आफै भित्र हराको !!

सँगै जुनी काँटुं भनि, देख्न थाले म त, मिठो सपनी,
हाँसी खेली, बिताउ जीबन, सजाउँदै, हाम्रो शुन्दर बिपनी !
साथ हाम्रो जुराई देऊ, गर्छु भगवान, यहि मनोकामना ,
सँगै जिउँने, सँगै मर्ने, गरि देऊ पुरा, मेरो एक, यहि चाहना !!