अभिमन्यू दिपक 

तीनथरि छेस्का

Hollywood Khabar September 22,2019 Comments

सपना  देख्नु पर्छ तर सपनामा बरालिनु हुन्न भन्छन् ।
असम्भव हुन्न कुनै कुरा संसारमा अतालिनु हुन्न भन्छन्।। 

सम्हालेर अघिबढे जीवनमा सफलता नमिल्ने कहाँ छर?
क्षणिक प्राप्ती र सुखसयल मिल्दैमा मात्तिनु हुन्न भन्छन्।।
ssssssssssssssssssssss
फाटेको छैन मन तिम्रो मायाले झन बलियो भएकोछ।
जिउने चाहाना प्रवल उत्साह अझै बलियो भएको छ ।।

जेनतेन त दुनियाँमा जोसुकै’नि बाँचेकै छन्,बाँच्छन पनि। 
पिएर प्रेमअमृत प्याला,शिखर चुम्ने रहर बलियो भएको छ।। 
SSSSSSSSSSSSSSSSSSSSS
उसका ती बिझ्ने वचन बातसंग रुनुछैन मलाई ।।
पागलपनमा ओकल्ने जज्बातसंग रुनुछैन मलाई ।।

सुनाउँदै गरोस सुन्ने कोही छैन अब त्यस्को चित्कार 
एक्लै नशामा बर्बराउने उसको मातसंग रुनुछैन मलाई ।।