२०पुस,काठमाडौं।आगामी माघ १८ गते रिलिज हुने चलचित्र ‘रणवीर’को पहिलो गीत तिरीमिरी तिरीमिरी तिन ताराले चिसो मौसममा बजार तताउन थालेको छ।चलचित्र ‘रणवीर’को पहिलो गीत तिरीमिरी तिरीमिरी तिन तारा गत शनिबार मात्र सार्वजनिक भएपनि छोटो समयमानै सबैको जनजिव्रोमा बस्न सफल भएको छ। ‘तिरीमिरी तिन तारा..’ बोलको गीतमा सुशील सिटौला, शुभेच्छा खड्का र सुपुष्पा भट्टको प्रस्तुतिमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।
तिरीमिरी तिरीमिरी तिन तारा गीतमा स्वर तथा संगीत चर्चित संगीतकार राजनराज सिवाकोटी फिमेल स्वर अञ्जु पन्तको रहेको छ।चलचित्र ‘रणवीर’ का निर्माता दिपेन्द्र रेग्मी,निर्देशन, कथा, पटकथा तथा संवाद, गोविन्द सिंह भण्डारीको रहेको छ।रणवीरमा महेश पौडेको छायाँकन, चन्द्र पन्तको द्धन्द्व, गम्भिर बिष्ट र सुरेश बसेलको कोरियोग्राफी, राजनराज सिवाकोटी, हर्कुलस बस्नेत, अमित श्रेष्ठ र सुशान्त गौतमको संगीत, कृष्ण भण्डारीको सम्पादन रहेको छ ।
डिआर फिल्मस् र प्राची फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको रणवीरमा दिपेन्द्र रेग्मी र गोमा थापा बिष्टको लगानी रहेको सिनेमामा प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, बसन्ती भाट, शैलेश्वरी सिंह, हरिहर शर्मा, जीवन भट्टराई, भोलाराज सापकोटा, जगदिश रिजाल लगायतका कलाकारको ज्वालन्त अभिनय रहेको छ ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...