लघुकथाः नयाँ कर्मचारीको राजीनामा

Hollywood Khabar July 20,2017 Comments

देवराज तिवारी पोखरा -
कर्मचारी प्रशासन शाखामा गएर एकजना कर्मचारीले विन्ती गरेः "मलार्इ यो कार्यालयमा काम गर्न मनै लागेन!"
शाखा प्रमुखले सोधेः "तर, किन? खास कारण के हो?"
कर्मचारीले भनेः "यहाँका धेरै कर्मचारीले अरू कर्मचारीका वारेमा कुरा काटेको पाएँ । केहीले त आँफ्नै साथीलार्इ गलत नजरले हेर्दा रहेछन् । यहाँ धेरै गलत कुराहरू भै रहेका छन् ।"
शाखा प्रमुखले जवाफ दिएः "तपार्इ यो कार्यालय छोड्न चाहनु हुन्छ भने ठीकै छ । तर, तपार्इ जानु अगाडी कृपया एक काम गर्नुस् । पानीले भरिएको एउटा गिलास हातमा समातेर कार्यकक्षहरूमा ३ पटक घुमेर आउनुस्, एकथोपा पनि पानी नखसार्इ! "
उक्त कर्मचारी सोही अनुसार ३ पटक घुमेर आए । अनि शाखा प्रमुखलार्इ भनेः "यहाँले भने अनुसार मैले गरेँ हजुर!"
त्यसपछि शाखा प्रमुखले भनेः "तपार्इ ३ पटक कार्यालय घुम्दा कुनै कोठामा कर्मचारीले कुरा गरेर वसेको, कुरा काटेको वा अवाञ्छित गतिविधि गरेको केही मेसो पाउनु भयो?"
"त्यता तिर त मैले ध्यान नै दिर्इन हजुर!"
"किन त्यस्तो भयो, थाहा छ?"
"छैन ।"
"सुन्नुस् । पानीले भरिएको गिलास लिएर घुम्दा तपार्इको पुरा ध्यान गिलासमा थियो । त्यसवाट पानी पटक्कै नपोखियोस् भन्नेमा मात्र थियो । हो, जीवन पनि त्यस्तै हो । जव हाम्रो पुरा ध्यान हाम्रा प्राथमिकतामा रहन्छ, हामीलार्इ अरूले के गलत काम गरिरहेका छन् भनि हेर्ने फुर्सद नै हुँदैन ! "
सारः आफ्ना प्राथमिकतामा ध्यान दिउँ, अरूका गल्तिमा हैन !