सिरियामा प्रहार गरिएको Tomahawk (बन्चरो) क्षेप्यास्त्र: क्षमता र मूल्य

Hollywood Khabar April 06,2017 Comments

कृष्ण के सी

अप्रिल ६, २०१७ का दिन राष्ट्रपति डनल्ड ट्रम्पको आदेशमा सिरियामा भएको केमिकल आक्रमणको जवाफी कारवाहीमा अमेरिकाले प्रहार गरेको अमेरिकी Tomahawk Missiles को प्रहार क्षमता र मूल्य कति होला भन्ने आम चासो हुनसक्छ।

यो लामो तथा मध्यम दुवै दुरीमा, सबैखाले मौसममा प्रहार गर्न मिल्ने मिसाइलको पहिलो आविस्कार General Dynamics ले गरेका हुन्। १९७० मा पहिलो पटक यसलाई मध्यम दुरीमा र कम उच्चाईमा प्रहार गर्नको लागि डिजाइन गरिएको थियो। पछि धेरै परिमार्जन गर्दै जाँदा यसलाई हाल Raytheon नामको कम्पनी मार्फत बनाइन्छ। जेट इन्जिनको प्रयोग गरियको यो मिसाइल थुप्रै किसिम र अवस्थामा प्रहार गर्न सकिन्छ। यसलाई सुरुमा अमेरिकाको मेरिल्याण्ड राज्यको लरेल फिजिक्स ल्याबमा सुरु गरिएको हो। नेटिभ अमेरिकनहरुले चलाउने एकातर्फ मात्र धार भएको एकहाते बन्चरोको नामबाट यसको नाम Tomahawk राखिएको हो।

१९९१ मा बिकास गरिएको मध्यम र लामो दुवै दुरीको प्रहार गर्ने क्षमताको क्षेप्यास्त्र हो टमाहक। यसको लम्बाई १८ फिट ३ इन्च छ। यसले ८०० देखि १५०० माइल (१२५०-२५०० किलोमिटर) सम्मको दुरीमा प्रहार गर्न सक्छ। दुरी र आवश्यकता अनुसार यो क्षेप्यास्त्र नै सिरिया माथि प्रहार गर्न सही भएको कुरा अमेरिकी सैन्य अधिकारीहरुले समेत बताएका छन।

सामान्य रुपमा यो मिसाइलको क्षमता भनेको  पाकिस्तानको लाहोरबाट चिनको ल्हासा भन्दा पनि टाढा सम्म प्रहार गर्न सकिन्छ। लाहोर देखि काठमाडौ ११४१ किलो मिटर छ भने ल्हासा १६१६ किलोमिटर मात्र छ। यो मिसाइलको क्षमता २५०० किलोमिटर सम्म हो। यसलाई सजिलोको रुपमा बुझ्नको लागि एउटा अर्को उदाहरण प्रस्तुत गर्नु उपयुक्त होला। काठमाण्डौ देखि चीनको बेइजिंगसम्म करिब ३१५४ किलोमिटरको दुरीछ। यसको मतलब काठमाण्डौ देखि चीनको राजधानी या यसको छेउछाउसम्म समेत प्रहार गर्न सकिने यो मिसाइलको गति पनि अत्यन्तै तिब्र छ।

यसको गति ८८० किलोमिटर प्रतिघण्टा छ। काठमाण्डौको एयरपोर्टबाट प्रहार गरेको यो मिसाइल पोखराको एयरपोर्टमा (१४७ किलोमिटर) करिब १०.२ मिनेटमा खस्न सक्छ। 

यसको अर्को बिशेषता भनेको समुन्द्रबाट जमिनमा प्रहर गर्न सकिने हो। तेसैगरी अर्को कुरा भनेको यो मिसाइल प्रहार गर्ने ठाउँ देखि टार्गेट गरेको ठाउँसम्म सिधै जाँदैन। यसले अर्ध गोलाकार रुपमा दुरीपार गर्छ। 

प्रहार गरिएको टोमाहक मिसाइलको मूल्य करिब एक मिलियन अमेरिकी डलर प्रतिवटाले सिरियामा प्रहार गरिएको ६० वटा मिसाइलको मूल्य ६० मिलियन अमेरिकी डलर अर्थात ६००० मिलियन नेपाली रुपैया मानिएको छ।