TPS : Court of Appeals for the Ninth Circuit को निर्णय

Hollywood Khabar April 04,2017 Comments

नेपाली समुदायबीच धेरै चर्चा चलेको तर नेपाल समेत १३ देशहरुले समेत पाएको Temporary Protected Status (TPS) बारे नवौ-सर्किट कोर्टले एउटा फैसला गरेको छ। सो एक केसमा गरेको फैसला बारे नेपाली समाजमा अलिकति भ्रम भएकोले सो संबन्धि कानुनविद एटर्नी बासु फुलाराको बिचार। 

एटर्नी बासु फुलाराका अनुसार यो केसको फैसलाले अमेरिका भरि पुरै-जताततै सुविधा पाउने या सोझै ग्रिनकार्ड हुने भन्ने होइन। सो कोर्टको फैसला रायको रुपमा अन्य कोर्टले लिनसक्ने भएता पनि सो को लागु हुने भन्ने होइन। उदाहरणको लागि नवौ-सर्किट कोर्ट अन्तर्गत पर्ने-वाशिङ्टन स्टेटमा-बसोबास गरिरहेका टिपिएसको स्टाटस भएको व्यक्ति नन-इमिग्रेन्ट लिगल स्टाटसमा रहेको मानिने र सो व्यक्तिले पारिवारिक वा रोजगारीमा आधारित कुनै अबसर भएको खण्डमा ग्रीनकार्ड फाइल गर्न सक्ने बाटो खुल्ला गरेको हो।

तर यो नबौ-सर्किट कोर्टको फैसला अमेरिकामा रहेका अरु १२ सर्किट-कोर्टहरुको अधिकार भित्र पर्ने राज्यहरुमा बाध्यात्मक लागु हुने भने होइन। टिपिएस आफैले ग्रिनकार्ड दिने पनि होइन। थप जानकारीकोको लागि कानुनी सल्लाह सम्बन्धित एटर्नीहरुसंग लिन सक्नुहुनेछ।

नवौ सर्किट कोर्ट अन्तर्गत निम्न कोर्टहरु पर्दछन:

  • District of Alaska

  • District of Arizona

  • Central District of California

  • Eastern District of California

  • Northern District of California

  • Southern District of California

  • District of Hawaii

  • District of Idaho

  • District of Montana

  • District of Nevada

  • District of Oregon

  • Eastern District of Washington

  • Western District of Washington

territorial courts:

  • District of Guam

  • District of the Northern Mariana Islands