-सर्वोच्चको फैसलाले राष्ट्रपति ट्रम्पको असाइलम नीति कार्यनव्यन गर्न मिल्ने

सर्वोच्चको फैसलाले राष्ट्रपति ट्रम्पको असाइलम नीति कार्यनव्यन गर्न मिल्ने

Hollywood Khabar September 12,2019 Comments

कृष्ण के सी/अमेरिका/९/१३/१९

अमेरिकाको U.S. Citizenship and Immigration Services (USCIS) ले सेप्टेम्बर ११, २०१९ मा असाइलमबारे राष्ट्रपति डनल्ड ट्रम्पको नयाँबारे सर्वोच्च अदालतको निर्णय अनुसार कार्यान्वयनमा जान मिल्ने सूचना जारि गरेको छ।

Citizenship and Immigration Services (USCIS) Acting Director Ken Cuccinelli को नाममा जारी सूचनामा सर्वोच्चको फैसलाले असाइलमसंग संबन्धित राष्ट्रपति ट्रम्पको आदेशलाइ कार्यनव्यन गर्न मिल्ने कुरा बताइएको छ। बिशेषगरी उत्तर र दक्षिण अमेरिकाका आप्रवासीहरुलाई टार्गेट गरेर बनाइएको सो नीतिप्रति कानुनी प्रकृया अध्यावधिक हुँदा-हुँदै पनि कार्यान्वयनमा जान मिल्ने आदेश दिएको छ।

यस अधि राष्ट्रपति ट्रम्पले अमेरिकामा विभिन्न देश हुँदै प्रवेश गरेका अनि असाइलमको लागि पिटिशन गर्न चाहने व्यक्तिको लागि बनाइएको नीतिको लागि सो फैसला भएको हो। जसले असाइलमको लागि अमेरिका नै सबैभन्दा सुरक्षित मान्दै आफूलाई सो कुराको प्रमाणित गर्न सक्छन तिनीहरुको लागि यो नीति उत्तम छ।

असाइलमको सुविधालाइ मौका खोजेर अमेरिका भित्र ड्रग, अपराध र मानव तस्करी जस्ता काम गर्नेहरुको लागि भने यो नीति चुनौतीको रुपमा आएको छ। एकातिर यस्तो लुप होललाइ दुरुपयोग गर्नेहरुले खराव काम गरेर गलत रुपमा आर्थिक लाभ उठाएका छन् भने अर्कातिर उनीहरुले अध्यागमनको एउटा सिष्टमलाइ नै अड्चन गर्दै आएका छन्।

यधपी स्थिति यस्तो हो ता पनि राष्ट्रपति ट्रम्पको नयाँ असाइलम नीतिलाइ काँग्रेसले असफल बनाइदियो। अन्तत दक्षिण तर्फको सिमा सुरक्षा गर्ने ट्रम्प प्रशाशनको नयाँ अभ्यासलाइ कानुनी रुपमा गरिएको प्रयास अन्तत कार्यान्वयनमा जाने भयो।

कुनै पनि व्यक्ति आफ्नो देशबाट अर्को देश हुँदै अमेरिका आउने क्रममा अन्य देशमा असाइलम अपिल डिनाइ गरेको हुनु नहुन कुरा यसका प्रमुख पक्ष हुन्। यसरी आउनेहरुमा धेरैजसो Hondurans, Salvadorans, Guatemalans लगायतका। छन्। यो नयाँ नीति अनुसार Mexican हरुको लागि अर्को देश हुँदै अमेरिका आएता पनि कुनै असर गर्ने छैन।