-राष्ट्रपति ट्रम्पको प्रशासन करिव करिव अन्तिम चरणमा

राष्ट्रपति ट्रम्पको प्रशासन करिव करिव अन्तिम चरणमा

Hollywood Khabar November 13,2020 Comments

कृष्ण के सी, अमेरिका/११/१४/२०२०

अमेरिकाको नोवेम्बर ३, २०२० मा राष्ट्रपति डनल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनबीच भएको निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ।

पछिल्लो परिणाम हेर्दा जो बाइडेनले ३०६ इलेक्ट्रोरल मत ल्याएर जितेका छन्। ठीक त्यहि संख्या २०१६ को निर्वाचनमा राष्ट्रपति ट्रम्पले ल्याएर जितेका थिए। जबकी राष्ट्रपति ट्रम्पको २३२ मात्र भएको छ। अझै पनि राष्ट्रपति ट्रम्पले निर्वाचनको हार स्वीकारेका छैनन्। उनले कतिपय राज्यमा मुद्दा हालेका छन्। धेरै मुद्दा त डिनाइ भए तर पनि परिणामले राष्ट्रपति ट्रम्पलाइ साथ दिने अवस्था छैन।

५३८ इलेक्ट्रोरल कलेजमा ३०६ निर्वाचित राष्ट्रपति जो बाइडेनले लागिसके जर्जियालाइ झिक्ने हो भने पनि उनको मत २९० हुन्छ। २७० मतले जित्ने अवस्थामा राष्ट्रपति ट्रम्पले जित्ने कुनै गुञ्जायस छैन। जरिजियामा राष्ट्रपति क्लिन्टन पछि पहिलो पटक बाइडेनको पक्षमा जित हात परेको छ।

हिजो शुक्रबार राष्ट्रपति ट्रम्पले रोज गार्डेनमा ब्रिफिङ गर्दा अझै पनि आफूले हार स्वीकारेको अवस्था थिएन। केवल एक शब्द प्रयोग गरे कि कसलाई के थाहा अर्को प्रशाशन कसको हुन्छ। उनले जहिले पनि आफू नै हुने बताएता पनि एक शब्द प्रयोग गरे जसले उनि पहिलो पटक अलिकति हच्केको आभास दियो।

अझै पनि राष्ट्रपति ट्रम्पले निर्वाचित राष्ट्रपति बाइडेनलाइ ट्रान्जिशनको लागि सपोर्ट गरेका छैनन्। यो कुरा इतिहास मा नै पहिलो पटक हो।